PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कमल थापाले भने–निर्वाचन धरापमा पर्न सक्ने भएकाले सरकारलाई समर्थन



पहिलोपोस्ट

कमल थापाले भने–निर्वाचन धरापमा पर्न सक्ने भएकाले सरकारलाई समर्थन

विराटनगरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताएका छन्। 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय गरेपछि वर्तमान सरकार अल्पमतमा पर्न सक्ने, मुलुकमा अस्थिरता उत्पन्न हुन सक्ने र निर्वाचन धरापमा पर्न सक्ने भएकाले वर्तमान सरकारलाई समर्थन गरेको बताए। 

उनले मुलुकमा राजनीतिक धु्र्वीकरणलाई दृष्टिगत गरी राप्रपाले राष्ट्रियता र प्रजातन्त्र सुदृढीकरण गर्ने कार्यसूचीलाई सवलीकरणका साथै मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका नेपाली कांग्रेस तथा अन्य दलसँग निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको जानकारी दिए। 

उनले कांग्रेससँग संसदीय र प्रदेशको निर्वाचनमा सिटको बाँडफाँड विषयमा अहिले सल्लाह नभएको र केही दिनभित्रै यस विषयमा टुंगो लाग्ने जानकारी दिए। 

थापाले निर्वाचनमा हिन्दू राष्ट्रका विषयमा जनताको अभिमत लिन जनमतसंग्रह हुनुपर्ने माग गरे।

वाम पार्टीबीचको एकतालाई सकारात्मक रुपमा लिँदै अध्यक्ष थापाले यसले मुलुकको भविष्यमा दूरगामी प्रभाव पर्ने सम्भावना रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell