PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

विभिन्न १२ पार्टीबीच एकीकरण घोषणा, तेस्रो वैकल्पिक धार निर्माण अभियानमा लागेको अन्सारीको दावी



पहिलोपोस्ट

विभिन्न १२ पार्टीबीच एकीकरण घोषणा, तेस्रो वैकल्पिक धार निर्माण अभियानमा लागेको अन्सारीको दावी

काठमाडौं : रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीमा अन्य ११ वटा राजनीतिक दल समाहित भएका छन्। 

नेपाल संघीय समाजवादी पार्टी, संयुक्त जातीय मुक्ति मोर्चा, मूलवासी मुक्ति पार्टी, राष्ट्रिय समुक्ति पार्टी, किराँत जनवादी वर्कर्स पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनविकास पार्टी, दलित मुस्लिम श्रमिक पार्टी, दलित अधिकार अभियान, गण्डकी, धौलागिरी, लुम्बिनी र संयुक्त दलित अधिकार मञ्चबीच एकीकरण भएको हो।

एकीकरण घोषणा कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले आफूहरु तेस्रो वैकल्पिक धारको निर्माणमा लागेको बताए। 

उनले नेपाललाई ठूला दलहरुले राजनीतिक प्रयोगशाला मात्र बनाउने गरेको आरोप लगाए।

उनले अहिले मुलुकमा देखिएको दुई वटा धार शेरबहादुर देउवाको लोकतान्त्रिक गठबन्धन र केपी शर्मा ओलीको वाम गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने दाबी गरे।

‘यी दुई धारले मुलुकलाई निकास दिन सक्दैनन्’, उनले भने, ‘हामी वैकल्पिक शक्तिरुपमा आफ्नो अभियान अगाडि बढाएका छौं।’

एकीकृत पार्टीको नाम ‘नेपाल संघीय समाजवादी पार्टी’, चुनाव  चिन्ह बस छाप, पार्टीको झण्डा आयताकार सेतोमा रातो कलरको तीनवटा तारा रहनेछ। पार्टीको केन्द्रीय समिति बढीमा एक सयसम्म रहने जनाइएको छ।

आसन्न निर्वाचन अगावै अन्य दलहरुसँग पनि एकीकरण हुने जनाइएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell