PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

तीन पेनाल्टी गोल खाएर नेपाल ताजिकिस्तानसँग पराजित, एसियन कपमा छनोट हुने सम्भावना समाप्त



पहिलोपोस्ट

तीन पेनाल्टी गोल खाएर नेपाल ताजिकिस्तानसँग पराजित, एसियन कपमा छनोट हुने सम्भावना समाप्त
फोटो : एएफसी

काठमाडौं : सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कप फुटबल प्रतियोगितामा छनौट हुने नेपालको सम्भावना सकिएको छ। छनौट अन्तर्गत समूह एफमा तेस्रो हार बेहोरेपछि नेपालको सम्भावना दुई खेल अघि नै समाप्त भएको हो।

पेनाल्टीमा तीन वटै गोल खाएपछि मंगलबार ताजिकिस्तानको हिसोर सेन्ट्रल स्टेडियममा भएको अवे खेलमा नेपाल ३-० ले पराजित भएको हो।

खेलको शुरुवातदेखि नै आक्रामक बनेको घरेलु टोलीले नेपाललाई पराजित गर्न पेनाल्टीकै सहारा लिनुपरेको हो। नेपाली डिफेन्सको गल्तीमा ताजिकिस्तानले तीन वटा पेनाल्टी पाएको हो।

ताजिकिस्तानका लागि २०औँ मिनेटमा डाभनारोभ, ६०औँ मिनेटमा परभेज र ८७औँ मिनेटमा जालिलोभले पेनाल्टीमा गोल गरेका हुन्।

नेपालका प्रशिक्षक योतुकु कोजीले ताजिकिस्तानबाट ३ अंक जोडेर फर्कने बताएका थिए तर नेपाल उल्टै ३ गोल खाएर फर्कने भएको छ।

सेप्टेम्बर ५ मा घरेलु मैदानमै भएको खेलमा नेपाल ताजिकिस्तानसंग २-१ ले पराजित भएको थियो। खेलेको चार मध्ये ३ खेलमा हार बेहोरेपछि नेपाल १ अंकका साथ अंक तालिकामा पूछारमा छ।

नेपाल पहिलो अवे खेलमा फिलिपिन्संग ४-१ ले हारेको थियो। त्यसपछि घरेलु मैदानमा भएको खेलमा यमनसँग गोलरहित बराबरी खेल्दै नेपालले अहिलेसम्मको पहिलो र १ मात्र अंक जोडेको हो।

अब नेपालले घरेलु मैदानमा फिलिपिन्स र अवे खेलमा यमनसँग खेल्न बाँकी छ।

३ खेलबाट अपराजित रहँदै ७ अंक जोडेको फिलिपिन्स समूह एफमा शीर्ष स्थानमा छ भने ५ अंक जोडेको यमन दोस्रो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell