PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

ग्रीसमा १५ वर्षमाथिका किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने कानूनमा सुधार



पहिलोपोस्ट

ग्रीसमा १५ वर्षमाथिका किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने कानूनमा सुधार

एथेन्स : ग्रीसको संसदले मङ्गलबार १५ वर्षमाथिका किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी सुधार गरिएकोे कानूनलाई अनुमोदन गरेको छ। 

यस कानूनी प्रावधानप्रति ग्रीसको अर्थोडक्स चर्चले विरोध जनाएको छ। 

ग्रीसको बाम पन्थी सत्ताधारी सिरिजा पार्टीले एक अर्को उदारवादी पोटामी पार्टीको सहयोगमा २८५ सदस्य रहेको संसदमा १४८ मतद्वारा लिङ्ग परिवर्तनसम्बन्धी कानूनलाई पास गरेको हो। 

सिरिजा पार्टीको राष्ट्रवादी गठबन्धन, एनेल पार्टीका नौँमध्ये एकले मात्र कानूनको समर्थन गरेको छ। 

विद्यमान कानूनअनुसार ग्रीसमा आफ्नो लैङ्गिक पहिचानका लागि लिङ्ग परिवर्तन गर्न चाहने व्यक्तिले पहिले शल्यक्रिया गर्नुपर्ने बाध्यता रहेको थियो। नयाँ कानूनले यसलाई अनिवार्य गर्ने छैन। 

प्रमुख प्रतिपक्षी दल न्यू डेमाक्रेसीले लिङ्ग परिवर्तन गर्ने कानूनलाई समर्थन जनाएको भए पनि उमेर हदलाई १८ वर्ष तोक्नु पर्ने अडान राखेको थियो। 

तेस्रो लिङ्गी नागरिकले आफू फरक लैङ्गिक पहिचान भएकै कारण अपमानित हुनुपर्ने थियो। यसलाई हामीले तोड्नु र उनीहरूलार्इ अधिकार दिनु पर्थाे र आज यो भएको छ। ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले बताउनुभयो। 

आवाज विहिन तथा समुदायमा दवाएका अल्पसङ्ख्य नागरिकको पक्षमा सरकार थियो र अब उनीहरूले अपमानित हुनुपर्ने छैन, उनले थपे । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell