PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

विकास साझेदारलाई प्राविधिक सहयोग गर्न  पुनर्निर्माण प्राधिकरणको आग्रह



पहिलोपोस्ट

 विकास साझेदारलाई प्राविधिक सहयोग गर्न  पुनर्निर्माण प्राधिकरणको आग्रह

काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि प्राविधिक जनशक्ति मुख्य चुनौती रहेको जनाउँदै प्राविधिक सहयातामा अझै बढी केन्द्रित हुन विकास साझेदार संस्थाका प्रतिनिधिलाई आग्रह गरेको छ। 

विकास सहायता समन्वय तथा सहजीकरण समितिको पाँचौँ बैठकमा  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं समितिका संयोजक प्रा डा गोविन्दराज पोखरेलले हालसम्म निर्माण भएका र भइरहेका निजी आवास करिब दुई लाख पुगेको र तिहारपछि धेरै लाभग्राहीले निजी आवास पुनर्निर्माण सुरु गर्ने योजना बनाएकाले आगामी पुस मसान्तसम्म सो संख्या तीन लाख ५० हजार पुग्ने बताए। 

पोखरेलले हालै मात्र सरकारले घोषणा गरेको निर्माणाधीन घर धितो राखी अधिकतम तीन लाखसम्मको निव्र्याजी ऋणले विपन्न समुदायलाई मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले निर्माण जनशक्ति सबैभन्दा ठूलो अवरोधका रुपमा रहेको उल्लेख गर्दै भूकम्प प्रभावितबाहेकका अन्य जिल्लामा पनि जनशक्ति उत्पादनका लागि तालिम संचालन गर्ने तयारी भइरहेको जानकारी दिए। 

बैठकमा प्राधिकरणका प्रवक्ता यमलाल भुसालले पुनर्निर्माण प्रगति, प्रमुख नीतिगत कार्य, वित्तीय अवस्था, पुनःजाँच र पुनःसर्वेक्षणको अवस्था, स्थानीय तहको भूमिका, १७ जिल्लामा कार्यान्वयनको अवस्था, प्राधिकरणको जनशक्तिको अवस्थालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरे।

विकास साझेदार संस्थाका प्रतिनिधिले प्राधिकरणद्वारा गरिएका निव्र्याजी ऋण, निजी आवास निरीक्षण, प्राधिकरणको सञ्चार रणनीति, गुनासो व्यवस्थापनलगायत विषयमा धारणा राखेका थिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell