PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

एउटा संसदीय प्रतिवेदन आउन ३ वर्ष ४ महिना!



पहिलोपोस्ट

एउटा संसदीय प्रतिवेदन आउन ३ वर्ष ४ महिना!

काठमाडौं : २०७१ साल जेठमा गठन भएको निर्वाचन धाँधली छानविन संसदीय समितिले आज प्रतिवेदन बुझाएको छ। २०७० सालको संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै माओवादी र मधेशवादी दलले संविधानसभा प्रवेश अस्वीकार गरेपछि संसदीय छानविन समिति गठनको सहमति भएको थियो। माओवादी र मधेश केन्द्रित दलले धाँधली छानविन नभएसम्म संविधानसभा प्रवेश नगर्ने अडानका कारण मंसिर ४ संविधानसभा निर्वाचन भए पनि माघ ८ मा मात्र पहिलो बैठक बस्न सकेको थियो। 

माओवादी र मधेश केन्द्रित दलले प्रतिष्ठाको विषय बनाएर गठन भएको संसदीय छानविन समितिमा मधेश केन्द्रित दलकै तर्फबाट लक्ष्मणलाल कर्ण संयोजक चुनिएका थिए। संयोजक कर्णले त्यही समिति सभापतिका रुपमा संसदको गाडी समेत संसद अवधिभर उपयोग गरे। 

तर, प्रतिवेदन पेश गर्ने र त्यस समयमा उठाएका प्रश्नको 'जस्टिफिकेसन' गर्ने विषयमा दुवै पक्ष उदासिन बने। त्यही कारण संसद गठन भएको पाँचौ महिनामा गठन भएको समितिले संसदको अन्तिम दिन मात्र प्रतिवेदन बुझाएर औपचारिकता पूरा गर्यो। दलीय उदासिनताले प्रश्न उठाएका दलहरुको प्रश्न 'केवल निर्वाचनमा पाएको परिणामलाई सहज स्वीकार गर्न तयार नभएको' मात्र संकेत गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell