रोल्पा : रोल्पामा घरेलु हिंसा र सामाजिक हिंसाका घटना कमी हुँदै गएको छ। जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०७२/०७३ मा हिंसापीडितको दर्ता संख्या ११२ पुगेकामा आर्थिक वर्ष ०७३/०७४मा ८८ वटा उजुरी दर्ता भएका छन्।
आर्थिक वर्ष ०७१/०७२ मा घरेलु हिंसाका ८९ वटा उजुरी दर्ता भएका थिए। दर्ता भएका उजुरीमध्ये अधिकांश मिलापत्र गरी टुंग्याइने गरेको बताइएको छ।
लैंगिक तथा सामाजिक हिंसाविरुद्ध जिल्ला प्रहरी कार्यालय र सो मातहतका प्रहरी युनिट तथा लैंगिक हिंसाविरुद्धको जिल्लास्तरीय सञ्जाललेसमेत विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका कारण पछिल्ला दिनमा हिंसा कमी आएको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताइन्।रासस