PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

हलिउड निर्माता हार्वे विनस्टनको विरुद्ध ऐश्वर्या राय पनि



पहिलोपोस्ट

हलिउड निर्माता हार्वे विनस्टनको विरुद्ध ऐश्वर्या राय पनि

हलिउड फिल्म निर्माता हार्वे विनस्टन यति बेला चर्चामा छन्। उनीमाथि एकपछि अर्को गर्दै अभिनेत्री, कलाकार, डिजाइनरदेखि उनी कार्यरत कार्यालयका महिला कर्मचारीहरुले यौन उत्पीडनको आरोप लगाएका हुन्। आरोप लगाउनेको सूचीमा हलिउड अभिनेत्री एन्जेलिना जोली, जेनिफर लरेन्स र ग्विनेथ पाल्त्रोव पनि रहे।

हार्वेमाथि आरोप लगाउनेहरुमा अब हलिउडकर्मी मात्र रहेनन्। बलिउड अभिनेत्री ऐश्वर्या रायले पनि उनको विषयमा केही बोलेकी छिन्। उनका म्यानेजरले बताए अनुसार हार्वेले रायलाई एक्लै भेट्न बोलाएको जानकारी ऐश्वर्याले दिएकी छिन्। ऐश्वर्याले पनि आफ्नो करियरको सुरुवाती दिनमा आफूलाई उनले एक्लै भेट्न खोजेको बीबीसी हिन्दीमा जनाइएको छ। उनले भनिन्,'करियरको सुरुवातमा यस्ता उत्पिडनको शिकार बनाइन्छ। जसका कारण काम सुरु गरेका अभिनेत्रीहरुलाई बोल्न गाह्रो हुन्छ।' रायले विनस्टनसँग थुप्रै अन्तराष्ट्रिय समारोहहरुमा भने भेट भैसकेको बताइन्। 

यिनै आरोपहरुका कारण हार्वेलाई उनी कार्यरत कम्पनीले पदमुक्त बनाइदिएको छ। उनकी पत्नी डिजाइनर जियार्जिना सैम्पमैनले पनि हार्वेलाई डिभोर्स दिएको खबर टेलिग्राफमा प्रकाशित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell