रियाद : साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा भएको आगलागीमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाउँमा रहेको फर्निचर उद्योगमा आगलागी भएको जनाएको छ।
गएराति भएको आगलागीको कारणका अहिले सम्म पत्ता लाग्न सकेको छैन। आगलागीमा परी मृत्युभएकामा सोही उद्योगका मजदुर रहेको अनुमान गरिएको छ।
यहाँको नागरिक सुरक्षा सम्वन्धी निकायले आधिकारीक ट्विटर अकाउन्टमा आगलागी सम्वन्धी फोटोहरु राखेको छ।
आगलागी नियन्त्रणका लागि केही अग्नी नियन्त्रकहरु रातिदेखि नै खटिएका थिए। रासस/एएफपी