PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

नेपाली मोडल 'इन्डियाज नेक्स्ट टप मोडल'को सिजन ३ मा



पहिलोपोस्ट

नेपाली मोडल 'इन्डियाज नेक्स्ट टप मोडल'को सिजन ३ मा

काठमाडौं : नेपाली मोडल सबिता कार्की भारतीय फेशन रियालिटी शो 'इन्डियाज नेक्स्ट टप मोडल'मा सहभागी भएकी छन्। प्रतियोगिताको तेस्रो संस्करण शनिबारबाट सुरु भएको छ।

काठमाडौं‌की २३ वर्षीय कार्की र्‍याम्प शो र म्यागजिन फोटो सुटका लागि निकै अगाडि छिन्। भिम्याग, एम एण्ड एस, टिएनएम लगायतमा फोटो प्रकाशित भएपछि चर्चामा आएकी सबिताको उचाई ५ फिट ८ इन्च रहेको छ।

क्रार्यक्रमको उत्कृष्ट १३ मा स्थान बनाउन सफल कार्की अन्तर्राष्ट्रिय फेशन प्रतियोगितामा सहभागी जनाउने दोस्रो नेपाली युवती भएको नियोस्टफले जनाएको छ। यसअघि सन् २०१२ मा आस्था पोखरेल एसियाज नेक्स्ट टप मोडलमा सहभागी भएकी थिइन्।

यसपटक इन्डियाज नेक्स्ट टप मोडलको निर्णायकका रुपमा मिलिन्द सोमान, मलाइका अरोरा, अनुशा डन्डेकर र निरज गाबा रहेका छन्।


फोटो: सबिताको फेसबुक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell