काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर राणाले दीपक बोहरालाई वरिष्ठ उपाध्यक्षमा मनोनयन गरेका छन्।
पार्टीको विधानअनुसार अध्यक्ष राणाले दुर्गा श्रेष्ठ र केशरबहादुर विष्टलाई उपाध्यक्षमा, महामन्त्रीमा राजाराम श्रेष्ठ तथा प्रवक्तामा प्रदीप उदय र किशोरबहादुर कार्कीलाई मनोनयन गरेका हुन्।
अध्यक्ष राणाले नवनियुक्त पदाधिकारीलाई स्वागत गर्दै आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रजातान्त्रिक गठबन्धनलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
उनले इतिहासमा पहिलोपटक लोकतान्त्रिक र वामपन्थी दुई धारमा राजनीतिक धु्रवीकरण भएको उल्लेख गर्दै जनताको राजनीतिक अधिकारलाई प्रजातान्त्रिक धारले मात्र संरक्षण गर्न सक्ने बताए।रासस