PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्छः प्रधानन्यायाधीश 



पहिलोपोस्ट

सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्छः प्रधानन्यायाधीश 

काठमाडौँ :  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सञ्चारकर्मी न्यायालयजस्तो स्वतन्त्र हुनुपर्ने बताएका छन्। 

प्रधानन्यायाधीश निवास बालुवाटारमा देउसी भैलो खेल्न गएको रिपोर्टर्स क्लब नेपालको टोलीसँग प्रधानन्यायाधीश पराजुलीले सत्यको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे। 

उनले आगामी मंसिर १० र २१ मा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले भने,‘निर्वाचनको फैसला जनताले गर्छ, न्यायालय आफ्नो पद्धतिमा अगाडि बढ्छ।’

उनले न्यायालय स्वतन्त्र, भयरहित, स्वच्छ र मर्यादित भएमात्रै देश समृद्धिको बाटोमा अगाडि बढ्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell