PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

नेपाल सम्वत् राष्ट्रिय एकता र सामाजिक सद्भावको पर्व - राष्ट्रपति भण्डारी



पहिलोपोस्ट

नेपाल सम्वत् राष्ट्रिय एकता र सामाजिक सद्भावको पर्व - राष्ट्रपति भण्डारी

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन्।

नेपाल सम्वत् ११३८ को अवसरमा शुभकामना दिँदै उनले सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वतले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान दिने विश्वस व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell