PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

प्रधानमन्त्रीले भने–लोकतन्त्र समाप्त पार्ने तत्वहरु एकजुट भए, जोगाउने चुनौती खडा भयो



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने–लोकतन्त्र समाप्त पार्ने तत्वहरु एकजुट भए, जोगाउने चुनौती खडा भयो

भक्तपुर :  प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताएका छन्। नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्रीले लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको बताए।

प्रधानमन्त्रीले भने,‘लोकतन्त्र, प्रजातन्त्र र जनताको अधिकारलाई कुनै पनि हालतमा अक्षुण्ण राख्न जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन्, लोकतन्त्रको खतरा टार्न आसन्न निर्वाचनमा कांग्रेसको विजयी जरुरी छ।’

वाम गठबन्धनले प्रजातन्त्र खतरामा परेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रजातन्त्र नमान्नेहरु एकमत भएकाले प्रजातन्त्रमाथि खतरा आएको टिप्पणी गरे। 

राष्ट्रवादको कुरा गर्ने कम्युनिष्टहरु कुनै हालतमा राष्ट्रवादी हुन नसक्ने भन्दै प्रधानमन्त्रीले प्रजातन्त्र विरोधी शक्तिलाई परास्त गर्न नेपाली कांग्रेस एकढिक्का भएर अगाडि बढ्नु पर्ने बताए। 

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले आन्तरिक मतभेदलाई अन्त्य गर्दै एकढिक्का भएर बढे कसैले परास्त गर्न नसक्ने भन्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराएर पूर्णरुपमा संविधान कार्यान्वयन गराई स्थायीरुपमा लोकतन्त्रलाई अगाडि बढाउनेतर्फ सरकार लागेको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell