PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

फिफा बेस्ट अवार्ड: नेपालबाट प्रशिक्षक कोजी र पत्रकार रिजालको भोट रोनाल्डोलाई, कप्तानले कसलाई दिए भोट?



पहिलोपोस्ट

फिफा बेस्ट अवार्ड: नेपालबाट प्रशिक्षक कोजी र पत्रकार रिजालको भोट रोनाल्डोलाई, कप्तानले कसलाई दिए भोट?

काठमाडौं: क्रिस्टियानो रोनाल्डोले गएराति भएको भव्य समारोहमा लगातार दोस्रो पटक फिफा बेस्ट अवार्ड जितेका छन्। विश्वभरका राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक, सेलेक्टेड पत्रकार र अनलाइन भोटिङको आधारमा विजेता छनोट गरिएको हो। जसमा रोनाल्डोले मेसी र नेमारलाई पछि पारे।

उक्त अवार्डका लागि नेपालबाट पनि तीन जनाले भोट गरेका थिए जसमा राष्ट्रिय टिमका प्रशिक्षक योतुकु कोजी, कप्तान विराज महर्जन र खेल पत्रकार रितेश रिजाल थिए।

प्रशिक्षक कोजी र पत्रकार रिजाललले अन्तिम तीनमा परेका रोनाल्डो, मेसी र नेमारलाई क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा राख्दै भोट दिएका थिए। कप्तान महर्जनले भने पहिलोमा ज्लाटन इब्राहिमोभिच, दोस्रोमा एन्टोनी ग्रीजमन र तेस्रोमा रोनाल्डोलाई भोट दिएका थिए।

भोटिङमा पहिलो नम्वरमा रहनेले ५ अंक, दोस्रोले ३ तथा तेस्रोले १ अंक पाउने प्रावधान थियो।

जसअनुसार रोनाल्डोले मेसी र नेमारको समग्र भोटभन्दा बढी भोट पाए। रोनाल्डोले ४३.१६ प्रतिशत भोट पाए भने मेसीले १९.२५ तथा नेमारले ६.९७ प्रतिशत भोट पाए।

यस्तै अन्तिम तीन प्रतिस्पर्धीका रुपमा रहेका रोनाल्डो र मेसीले पनि मन पर्ने खेलाडीलाई भोट गरे तर एक अर्कालाई भने गरेनन। रोनाल्डोले लुका मोडरिच, सर्गियो रामोस र मार्सेलोलाई भोट दिए भने मेसीले लुइस सुवारेज, आन्द्रेज इनेस्टा र नेमारलाई भोट दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell