PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

कांग्रेस संसदीय समिति बैठक : बल्ल सुरु भयो गठबन्धनको सिट बाँडफाँटमा छलफल



पहिलोपोस्ट

कांग्रेस संसदीय समिति बैठक : बल्ल सुरु भयो गठबन्धनको सिट बाँडफाँटमा छलफल

काठमाडौं :  नेपाली कांग्रेस संसदीय समितिको बैठक पुनः सुरु भएको छ। पहिलो चरण मंसिर १०मा हुने निर्वाचनका लागि उम्मेदवार टुंग्याएर स्थगित भएको संसदीय समितिको बैठक आजदेखि पुनः सुरु भएको हो। 

प्रधानमन्त्री निवास बालुवाटामा भएको बैठकमा पहिलो चरणमा अन्य दलसँग गरिने तालमेल र सिट संख्या विभाजनमा छलफल सुरु भएको छ। 

‘मुख्य नेता लड्ने ठाउँमा तालमेल गरेर अन्य ठाउँमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने वा एउटा सिद्धान्त बनाएर त्यसकै आधारमा तालमेल गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ,’ संसदीय समितिका सदस्य बालकृष्ण खाँडले भने, ‘अहिलेसम्म सिट संख्या कसलाई कति दिने भन्ने विषयमा बहस सुरु भएको छैन।’

उनले सिद्धान्त बनाएर राजपा र संघीय समाजवादी फोरमसहित अन्य दलहरुसँग छलफल गरेपछि मात्र सिट बाँडफाँटको विषय प्रवेश हुने बताए।

नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचनमा दुई सिट मात्र अन्य दललाई दिएर बाँकी एकल प्रतिस्पर्धाका लागि उम्मेदवार खडा गरेको छ। ३७ निर्वाचन क्षेत्रमा हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३५ उम्मेदवार खडा गरेको छ। 

नेपाली कांग्रेससँग चुनावी तालमेल गर्न लागेको राप्रपासँग करिव सिट संख्याको विषय टुंगो लागिसकेको छ भने राप्रपा (प्रजातान्त्रिक) र राजपा-फोरम गठबन्धनसँग कांग्रेसको तालमेल मिल्न बाँकी नै छ। 

राजपा-फोरम गठबन्धनले कांग्रेससँग स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर चुनावी तालमेलको प्रस्ताव गरेका छन्। तर कांग्रेसले भने ०७० सालको नतिजालाई आधार बनाएर तालमेल हुनुपर्ने प्रस्ताव अघि बढाए पनि त्यसलाई गठबन्धनले मानिसकेको छैन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell