PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

राप्रपाका नेता सूर्यबहादुर केसी कांग्रेस प्रवेश गर्ने 



नरहरि पौड्याल

राप्रपाका नेता सूर्यबहादुर केसी कांग्रेस प्रवेश गर्ने 

पोखरा : पोखराका उद्योगपति एवं पूर्वसांसद सूर्यबहादुर केसी नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्। बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी केसीले आफू नेपाली कांग्रेसमा प्रवेश गर्ने घोषणा गरेका हुन।

लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेर सांसदसमेत बनेका केसी केही समयदेखि राप्रपामा बढेको आन्तरिक खिचातानीका कारण पार्टी परित्यागरी निस्कृय रहँदै आएका थिए। 

पार्टी प्रवेशको विषयमा कांग्रसको केन्द्रीय नेतृत्वसँग कुरा अगाडि बढेको जानकरी दिंदै केसीले सवै कुरा मिलिसकेपछि पार्टी प्रवेश गर्ने बताए। 

केसीले आफू राष्ट्र र जनताको भलाइका लागि प्रजातान्त्रिक धारको नेतृत्व गरेको नेपाली कांग्रेसमा समाहित हुन चाहेको बताए। 

‘लामो समयदेखि समाज सेवा र राजनीति गरेका धेरै आत्मिय मित्रहरु वामपन्थी धारमा हुँदाहँदै म प्रजातान्त्रिक विचार बोक्ने पार्टी भएकाले कांग्रेस प्रवेश गर्न चाहेको हुँ’ केसीले भने, ‘कांग्रेस प्रवेशसँगै राजनीतिमा सक्रिय हुन्छु।’

केसीले एमाले र हजारौं सर्वसाधारणको हत्या गरेको पार्टी माओवादी केन्द्रको अपवित्र गठबन्धनले मुलुकलाई निरंकुशतातर्फ धकेल्ने भएकाले आफू प्रजातान्त्रिक पार्टीमा समाहित हुन चाहेको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell