PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • पोखरामा कांग्रेसको यस्तो रह्यो विरोध प्रदर्शन

    पोखरामा कांग्रेसको यस्तो रह्यो विरोध प्रदर्शन

    पोखरा : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सर्वसत्तावादको बाटोमा हिँडेको भन्दै नेपाली कांग्रेसले आज पोखरामा विरोध प्रदर्शन गरेको छ। नेपाली कांग्रस केन्द्रीय समितिले देशब्यापी विरोध प्रदर्शन गर्न गरेको निर्देशन अनुसार र्‍यालीसहित विरोध प्रदर्शन गरिएको हो।   लोकतान्त्रिक पक्षको रक्षा, प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवाद शैलीको विरोध र महँगी नियन्त्रणका एजेण्डासहित कांग्रेस सडकमा उत्रिएको हो। पोखराको मुख्य बजार पृथ्वी चोकमा नेता…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता भएको तीन सातापछि पोखरा महानगरकाका वरिष्ठ अधिकृत पौडेलको शव भेटियो

    बेपत्ता भएको तीन सातापछि पोखरा महानगरकाका वरिष्ठ अधिकृत पौडेलको शव  भेटियो

    पोखरा : एकाएक घरमा  चिठी लेखेर बेपत्ता भएका पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ अधिकृत ओमराज पौडेलको शव फेलापरेको छ। गत असार ९ गतेदेखि बेपत्ता पौडेलको शव शनिबार विहान तनुहँको भिमाद स्थित सेती नदिकिनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ। खोजीकै क्रममा पौडेल हराएको २२ दिन पछि भिमानबाट शव फेला पारिएको हो। उनीसंग मिल्दो संकास्पद शव फेला परेपछि प्रहरीले आफन्त संग…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा ठूलो लगानीमा सुविधा सम्पन्न दर्जनौं खेलकुदका पूर्वाधार निर्माण हुँदै

    कास्कीमा ठूलो लगानीमा सुविधा सम्पन्न दर्जनौं खेलकुदका पूर्वाधार निर्माण हुँदै

    पोखरा : सरकारले नयाँ आर्थिक बर्षमा कास्की जिल्लाको खेलकुद बिकास र पूर्वाधार निर्माण गर्न करिब ६१ करोड बजेट विनियोजन गरेपछि भौतिक पूर्वाधार निर्माणले तिव्रता पाएको छ। राष्ट्रिय खेलकुद परिषदमार्फत सरकारले बजेट बिनियोजन गरेपछि जिल्लाका विभिन्न स्थनहरुमा रहेका खेलकुदका पूर्वाधारहरुको निर्माणका लागि रकम बिनियोजन गरिएको हो। बजेट विनियोजन संगै परिषदले पोखरा रंगशाला निर्माण, ब्याडमिन्टन कभर्ड हलको निर्माण, आर्चरी खेल मैदान, ह्याण्डबल…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा तीन सवारी एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

    पोखरामा तीन सवारी एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

    पोखराः पोखराको मालेपाटनमा बुधबार साँझ भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ साढे ७ बजेको समयमा ३ वटा सवारीसाधन आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो। ग १ ख २८९६ नम्बरको पानी ट्याङकर, ध १ प ५०२१ नम्बरको मोटरसाइकल र ग ४ प ८७३८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा ध १ प ५०२१ नम्बरको मोटरसाइकल…

    विस्तृतमा पढ्नुस्

  • २३ वर्ष पुरानो यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाबाट जोगियो

    २३ वर्ष पुरानो यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाबाट जोगियो

    पोखरा : पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ। काठमाडौंबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको ९एन-एएचयु  कलसाइनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो।    अपरान्ह पौने तीन बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा २५ मिटर टाढा घाँसे मैदानमा जोतिन पुगेको थियो।   पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ को बजेट २४ अर्ब २ करोड ३३ लाख, ८० करोड आन्तरिक ऋण उठाइने 

    प्रदेश ४ को बजेट २४ अर्ब २ करोड ३३ लाख, ८० करोड आन्तरिक ऋण उठाइने 

    पोखरा : प्रदेश ४ को सरकारले आर्थिक वर्ष ०७५र७६ का लागि २४ अर्ब २ करोड , ३३ लाखको वजेट विनियोजन गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षका लागि सरकारले लिएको नीति तथा कार्यक्रमका लागि रकम विनियोजन गरेका हुन्। आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ ६ अर्व ९१ करोड…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरका मेयरले डोजर चलाउँदा ३ घाइते

    पोखरा महानगरका मेयरले डोजर चलाउँदा ३ घाइते

    पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलाको किनारामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा मेयर मानबहादुर जिसीले चलाएको डोजर अनियन्त्रित भई रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार घाइते भएका छन्।   फिर्केखोलाको मिचिएको मापदण्द हटाएर खोलाको किनारामा पैदलमार्ग निर्माण गर्ने योजना अनुसार उद्घाटनको क्रममा मेयर जिसीले डोजर चलाइ दिँदा समाचार संकलनको लागि पुगेका संचारकर्मीद्वय रञ्जन अधिकारी र सन्देश श्रेष्ठ सहित स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • चक्कुले ११ वर्षीय छोराको घाँटी रेटेपछि श्रीमती र आफ्नै घाँटी रेटे रामजीले : छोराको मृत्यु, दुईको उपचार हुँदै

    चक्कुले ११ वर्षीय छोराको घाँटी रेटेपछि श्रीमती र आफ्नै घाँटी रेटे रामजीले : छोराको मृत्यु, दुईको उपचार हुँदै

    पोखरा: पोखरा लेखनाथ महानगरपालिका १५ रामबजारमा बावुले आफ्नै छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका छन्। मकवानपुर स्थाई घर भई हाल पोखरा रामवजार कालिका मार्ग बस्ने वर्ष ४० का रामजी घलेले आफ्नो ११ वर्षका छोराको चक्कुले घाँटी रेटेर हत्या गरेका हुन्। बुधवार बिहान अन्दाजी ३ बजेको समयमा घलेले तरकारी काट्ने चक्कुले छोरा ज्ञापन घलेको घाँटी काटेर हत्या गरेपछि श्रीमति सुमित्रा ठकुरी…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा बेवारिसे अवस्थामा बच्चा भेटियो

    पोखरामा बेवारिसे अवस्थामा बच्चा भेटियो

    पोखराः पोखरा लेखनाथ महानगरपालिका ७ शान्तिनगर चोक नजिकैको सटरको छेउमा बेवारिसे अवस्थामा एक नाबालक शिशु भेटिएको छ। बिहानै घरको सटर छेउमा बेवारिसे शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आमाबाबुको खोजी गर्दा पनि नभेटेपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन्। प्रहरीले बच्चालाई तत्कालै उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याएको छ। राति नै बच्चालाई सटर छेउमा छाडिएका कारण…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको दाबी ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा सहमति भइसकेको छ’

    प्रचण्डको दाबी ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा सहमति भइसकेको छ’

    पोखराः नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने सोचका साथ अगाडि बढेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी बनेपछि सबैको ध्यान कार्यकारी राष्ट्रपति प्रणालीमा गएको भन्दै उनले कार्यकारी राष्ट्रपति रहने प्रणाली लागू गर्ने खुलासा गरेका हुन्।  ‘तत्कालै यसलाई अघि सारेर विकासलाई भड्काउने काम गर्दैनौँ। तर मुलुकको दिगो विकास र समृद्धिका लागि यो अति…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेलाई पोखरामा सम्मान 

    सन्दीप लामिछानेलाई पोखरामा सम्मान 

    पोखराः इन्डियन प्रिमियर लिग (आइपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर चर्चामा रहेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पोखरामा सम्मान गरीएको छ। प्रदेश ४ की सामाजिक बिकास मन्त्री नरदेवी पुन, प्रतिभा उच्च मावि र अटोवेज प्रालि अध्यक्ष नाराण पौडेललेले लामिछानेलाई सम्मानपत्र, दोसल्ला र नगद १ लाख रुपैयाँसहित सम्मान गरे। प्रतिभा उच्च मावि र अटोवेज प्रालि पोखराले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सन्दीपले क्रिकेटका…

    विस्तृतमा पढ्नुस्

  • लेकसाइडबाट ८६ हजार नगदसहित सात जुवाडे पक्राउ

    लेकसाइडबाट ८६ हजार नगदसहित सात जुवाडे पक्राउ

    पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखराबाट ७ जना जुवाडे पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइडस्थित होटल लेक डायमण्डबाट ७ जनालाई नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूका साथबाट चार बुक तास तथा ८५ हजार ६७५ रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ पर्नेमा इलाम पशुपतिनगर ४ घर भई लेकसाइड बस्ने ४८ वर्षीय होटल सञ्चालक मनकुमार मुखिया, मोरङ पथरी…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङ्ग सञ्चालकलाई कडा नियम, सुरक्षा उल्लङ्घन गर्नेमाथी फौजदारी मुद्धा लाग्ने

    प्याराग्लाइडिङ्ग सञ्चालकलाई कडा नियम, सुरक्षा उल्लङ्घन गर्नेमाथी फौजदारी मुद्धा लाग्ने

    पोखरा : प्याराग्लाइडिङ्गका लागि उडान भर्ने कम्पनीहरुमाथी राज्यले अब कडा निगरानी गर्ने भएको छ। पोखरा लगायत अन्य स्थानहरुमा पर्यटक र यात्रुहरु उच्च जोखिममा परेको गुनासो आएपछि संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यसबारे गम्भीर चासो देखाएको हो। पोखरामा प्याराग्लाइडिङ्ग उडान भर्ने धेरै जसो चिनिया पर्यटकहरु पटक–पटक दुर्घटनामा परेपछि नेपालस्थित चिनियाँ राजदुत आफै मन्त्रालयमा उपस्थित भएर मन्त्री रबिन्द्र अधिकारी र सचिव…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा प्रहरीको 'स्विप अप्रेसन' : ठूलो परिणामको लागुऔषधसहित ९१ पक्राउ 

    पोखरामा प्रहरीको 'स्विप अप्रेसन' : ठूलो परिणामको लागुऔषधसहित ९१ पक्राउ 

    पोखराः जिल्ला प्रहरी कार्यलय कास्कीले समाजमा हुने विभिन्न अपराधिक घटना नियन्त्रण गर्न १२ बुँदे योजनाका साथ कास्कीमा स्विप अप्रेसन सञ्चालन गरेको छ। विभिन्न क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले बिषेश योजनासहित अभियान अगाडि बढाएको हो।  यसै क्रममा प्रहरीले विभिन्न अपराधिक क्रृयाकलापमा संलग्न ९१ जनालाई पक्राउ गरेको छ भने ठूलो परिणामको लागूऔषधसहित १० जनालाई समेत पक्राउ गरेको छ।  प्रहरीका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • पोखरा स्पोर्टस अवार्डका लागि उत्कृष्ट प्रतिभा छनौट, प्राध्यापक गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड 

    पोखरा स्पोर्टस अवार्डका लागि उत्कृष्ट प्रतिभा छनौट, प्राध्यापक गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड 

    पोखरा : खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुन लागेको तेस्रो पोखरा स्पोर्ट्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अर्वाडबाट प्राध्यापक डाक्टर वीरेन्द्रसिंह गुरुङ सम्मानित हुने भएका छन्। मञ्चले आगामी जेठ १८ गते पोखरामा आयोजना गर्न लागेको अवार्ड कार्यक्रमका लागि लाइफटाइम अचिभमेन्ट अवार्ड सहितका अन्य ६ वटा विधामा मनोनितहरुको नाम मंगलवार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो। मञ्चले यस वर्ष कास्की जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • देशको अर्थतन्त्र माफिया र तस्करको हातमा : गृहमन्त्री थापा

    देशको अर्थतन्त्र माफिया र तस्करको हातमा : गृहमन्त्री थापा

    पोखरा: गृहमन्त्री रामबहादुर थापाले मुलुकको अर्थतन्त्र माफिया, ठेकेदार र तस्करहरुको हातमा रहेको दाबी गरेका छन्।। गृहमन्त्री थापाले अर्थतन्त्रलाई बलियो बनाउन माफिया, ठेकेदार, तस्कर र  कालाबजारीयाको अन्त्य गर्न आवश्यक रहेको बताए। प्रेस सेन्टर कास्कीले पोखरामा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मुलुकको विकास र समृद्धिको लागि सुशासन, शान्ति र स्थायित्व आवश्यक रहेको हुँदा यस दिशामा सरकार लागी परेको बताए। …

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सांसदले मागे ५० लाखको विकास कोष

    प्रदेश सांसदले मागे ५० लाखको विकास कोष

    पोखराः प्रदेश नम्बर ४ का सांसदहरूले आगामी बजेटमा सांसद् विकास कोषको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बिहीबार आर्थिक तथा योजनामन्त्री किरण गुरुङले संसदमा पेस गरेको विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले ५० लाख रुपैयाँको विकास कोष स्थापनाको माग गरेका हुन्।  सांसद् विकास कोषको रकम दुरुपयोग हुने गरेको आरोप केन्द्रमा समेत लाग्दै आए पनि बर्सेनि रकम बढिरहेको…

    विस्तृतमा पढ्नुस्

  • पोखराको पश्चिमाञ्चल अस्पताल र विमानस्थलमा फ्री वाइफाई सुरु

    पोखराको पश्चिमाञ्चल अस्पताल र विमानस्थलमा फ्री वाइफाई सुरु

    पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले परिक्षणका रुपमा पोखराका दुई स्थानमा नि:शुल्क वाइफाई (फ्री वाईफाई) इन्टरनेटको व्यवस्था गरेको छ। नयाँ वर्षको पहिलो दिन पारेर महानगरले पोखराका दुई स्थान पश्चिमाञ्चल अस्पताल (पश्चिमाञ्चल स्वास्थ्य प्रतिष्ठान) र पोखरा एअरपोर्टमा फ्री वाइफाईको ब्यबस्था गरेको हो। स्थानीय निकायको निर्वाचनमा पोखराको विभिन्न स्थानमा निशुल्क वाईफाइको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका प्रमुख मानबहादुर जिसीलेको पहलमा पहिलो पटक फ्री…

    विस्तृतमा पढ्नुस्

  • होटलको झ्यालबाट खसेर पोखरा घुम्न आएका शिक्षकको मृत्यु

    होटलको झ्यालबाट खसेर पोखरा घुम्न आएका शिक्षकको  मृत्यु

    पोखरा : पोखरा घुम्न आएका एक शिक्षकको बास बसेको होटलको झ्यालबाट खसेर मृत्यु भएको छ। बर्दघाट नगरपालिका ११ नवलपरासीका शिक्षक रामप्रसाद आचार्यको लेकसाइडमा रहेको होटल प्राइमको झ्यालबाट खसेर राति मृत्यु भएको छ। बर्दघाटमा रहेको माउण्ट एभरेष्ट अङ्ग्रेजी बोर्डिङ स्कूलका शिक्षक आचार्यको गएराति होटलको तीन तला माथिको भ्यालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। विद्यालयमा कार्यरत ११…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा नगर बसको ठक्करले एकको मृत्यु

    पोखरामा नगर बसको ठक्करले एकको मृत्यु

    पोखराः पोखरा लेखनाथ महानगरपालिका ८ एयरपोर्टमा बसले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाईते भएका छन्।  पोखरा सिद्धार्थ राजमार्ग अन्तरगतको  एयरपोर्टमा ग १ ख ३८७७ नम्बरको नगर बसले ग ९ प २१९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्याङजाका शोभाकान्त पनेरुको मृत्यु भएको हो। मोटरसाईकलको पछाडी बसेका २५ बर्षिय पनेरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell