PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

होटलको झ्यालबाट खसेर पोखरा घुम्न आएका शिक्षकको मृत्यु



नरहरि पौड्याल

होटलको झ्यालबाट खसेर पोखरा घुम्न आएका शिक्षकको  मृत्यु

पोखरा : पोखरा घुम्न आएका एक शिक्षकको बास बसेको होटलको झ्यालबाट खसेर मृत्यु भएको छ। बर्दघाट नगरपालिका ११ नवलपरासीका शिक्षक रामप्रसाद आचार्यको लेकसाइडमा रहेको होटल प्राइमको झ्यालबाट खसेर राति मृत्यु भएको छ।

बर्दघाटमा रहेको माउण्ट एभरेष्ट अङ्ग्रेजी बोर्डिङ स्कूलका शिक्षक आचार्यको गएराति होटलको तीन तला माथिको भ्यालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

विद्यालयमा कार्यरत ११ जना स्टाफहरु स्कूल बिदा भएको मौकामा मंगलबार पोखरा घुम्न आएका थिए। उनीहरु सबै लेकसाइडको प्राइम होटलमा बास बसेका थिए। शिक्षक आचार्यसहित तीन जना साथीहरु उक्त होटलको तेस्रो तलाको कोठामा बास बसेका थिए।

आचार्य कसरी झ्यालबाट खसे भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले बताए। उनका अनुसार आचार्यको शव पोस्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा राखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell