PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सन्दीप लामिछानेलाई पोखरामा सम्मान 



नरहरि पौड्याल

सन्दीप लामिछानेलाई पोखरामा सम्मान 

पोखराः इन्डियन प्रिमियर लिग (आइपीएल)मा उत्कृष्ट प्रर्दशन गरेर चर्चामा रहेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पोखरामा सम्मान गरीएको छ।

प्रदेश ४ की सामाजिक बिकास मन्त्री नरदेवी पुन, प्रतिभा उच्च मावि र अटोवेज प्रालि अध्यक्ष नाराण पौडेललेले लामिछानेलाई सम्मानपत्र, दोसल्ला र नगद १ लाख रुपैयाँसहित सम्मान गरे।

प्रतिभा उच्च मावि र अटोवेज प्रालि पोखराले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सन्दीपले क्रिकेटका मार्फत देशको गौरव बढाएको भन्दै थप हौषला बढाउनका सम्मान गरिएको अध्यक्ष पौडेलले बताए।‘राष्ट्रका प्रतिभावान खेलाडीको आत्मबल बढाउनको लागि सम्मान गरेको हौं’ उनले भने। ‘हाम्रो सम्मानले उनलाई हौंसला बढ्नेछ।’

सम्मानपछि सन्दीपले खेलकुदको माध्यमबाट नेपाललाई चिनाउन सकिने भन्दै विद्यार्थीले पहिला पढाईप्रति ध्यान दिन आग्रह गरे। ‘प्रतिभाबाट प्रतिभावान खेलाडी बन्न उनले आग्रह गरे। उलने आफुले इच्छाएको खेल खेल्न आग्रह गर्दै  पढाईलाई भने नबिगार्न आग्रह गरे।

त्यसैगरी युवा क्रिकेटर लामिछानेलाई पोखराको राष्ट्रबैंक चोक स्थितरहेको मुक्तिनाथ लेकाली होटल प्रालिले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान गरेको छ। उनीसँगै आमा बुबालाई पनि सम्मान गरेको छ। 

रास्ट «बैंक चोकस्थित लेकाली होटल परिसरमै शनिबार साँझ ६ बजेदेखि ११ बजेसम्म विविध सांस्कृतिक कार्यक्रम गरी लामिछानेलाई स्वागत गरिएको हो सम्मानपछि सन्दिपले आफ्नो देशको नामलाई माथि उठाउन सकेकोमा खुशी लागेको बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell