PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

पोखरामा बेवारिसे अवस्थामा बच्चा भेटियो



नरहरि पौड्याल

पोखरामा बेवारिसे अवस्थामा बच्चा भेटियो
भेटिएको बच्चाः तस्विर दुर्गा न्यौपानेको फेसबुकबाट

पोखराः पोखरा लेखनाथ महानगरपालिका ७ शान्तिनगर चोक नजिकैको सटरको छेउमा बेवारिसे अवस्थामा एक नाबालक शिशु भेटिएको छ।

बिहानै घरको सटर छेउमा बेवारिसे शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आमाबाबुको खोजी गर्दा पनि नभेटेपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन्।

प्रहरीले बच्चालाई तत्कालै उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याएको छ।

राति नै बच्चालाई सटर छेउमा छाडिएका कारण स्वास्थ्य अस्वस्था बिग्रिएकाले उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell