PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रदेश ४ को बजेट २४ अर्ब २ करोड ३३ लाख, ८० करोड आन्तरिक ऋण उठाइने 



नरहरि पौड्याल

प्रदेश ४ को बजेट २४ अर्ब २ करोड ३३ लाख, ८० करोड आन्तरिक ऋण उठाइने 

पोखरा : प्रदेश ४ को सरकारले आर्थिक वर्ष ०७५र७६ का लागि २४ अर्ब २ करोड , ३३ लाखको वजेट विनियोजन गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षका लागि सरकारले लिएको नीति तथा कार्यक्रमका लागि रकम विनियोजन गरेका हुन्।

आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ ६ अर्व ९१ करोड ५५ लाख (२९ प्रतिशत) र पूँजीगततर्फ १५ अर्ब  ९० करोड ७८ लाख (६६ प्रतिशत) विनियोजन गरिएको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ १ अर्व २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमध्ये अन्तरिक राजस्वबाट १ अर्ब ६९ करोड ९५लाख, चालु आर्थिक वर्षको बाँकीबाट ६० करोड, संघीय सरकारबाट राजस्व बाँडफाँटवापत आउने ६ अर्ब ५७ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै वित्तीय समानीकरण अनुदानबाट ६ अर्ब ७७ करोड ६७ लाख र सशर्त अनुदानबाट ६ अर्ब ५० करोड १९ लाख परिचालन गर्ने आर्थिक मामिला मन्त्री  किरण गुरुङले उल्लेख गरेका छन् ।

त्यसैगरी समपूरक अनुदानमा ७१ करोड ४२ लाख र विशेष अनुदानबाट ३५ करोड ५० लाख हुने अनुमान गरिएको छ । प्रदेश सरकारले नपुग हुने ८० करोड भने अन्तरिक ऋण उठाएर व्यहोर्ने जनाएको छ । 

पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बजेटले प्रादेशिक नीति तथा संरचना निर्माणको प्रबन्ध मिलाउने, लगानीमैत्री वातावरण सिर्जना गरी सन्तुलनसहितको विकास गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारीका अवसर वृद्धि गर्ने र गरिबी र भोकमरीको न्यूनीकरण गर्दै जाने उद्देश्य राखेको छ ।

प्रदेशको आर्थिक समृद्धिको जग र समाजबाद उन्मुख अर्थतन्त्रको आधार स्थानीय तहबाट नै निर्माण गरिने र प्रदेशमा रहेका सवै प्रकारका विभेद, बहिष्करण, उत्पीडिन, बञ्चितिकरण र असमनाताको अन्त्य गर्नका लागी समन्यायिक वितरण र पूनवितरणका माध्यबाट आर्थिक सामािजक रुपान्तरण गरिने अर्थमन्त्री गुरुङले बताए। 

तीव्र उच्च, फराकिलो र समावेशी अािर्थक बृद्धि हुने गरि लगानी केन्द्रीत गर्न खोजको बताउदै उपलब्ध स्रोत र साधनको दिगो ब्यवस्थापन र परिचालन गरी आर्थिक विकासका माध्यबाट समाजबाद उन्मुख अर्थतन्त्र र समृद्ध प्रदेश निर्माण हुने विश्वास प्रदेश सरकारले गरेको छ ।
बजेटले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई आम नागरिकले अनुभुत गर्ने गरी सकरात्मक परिर्वतन ल्याउने पहिलो पाइला हुने अपेक्षा अर्थमन्त्री गुरुङले राखेका छन्।

सरकारले सडक पूर्वाधार तर्फ एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रम अन्र्तगत प्रदेशका छत्तीस निर्वाचन क्षेत्रका लागि २ करोड १० लाखका दरले ७५ करोड ६० लाख रकम विनियोजन गरिएको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell