PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पोखराको पश्चिमाञ्चल अस्पताल र विमानस्थलमा फ्री वाइफाई सुरु



नरहरि पौड्याल

पोखराको पश्चिमाञ्चल अस्पताल र विमानस्थलमा फ्री वाइफाई सुरु

पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले परिक्षणका रुपमा पोखराका दुई स्थानमा नि:शुल्क वाइफाई (फ्री वाईफाई) इन्टरनेटको व्यवस्था गरेको छ। नयाँ वर्षको पहिलो दिन पारेर महानगरले पोखराका दुई स्थान पश्चिमाञ्चल अस्पताल (पश्चिमाञ्चल स्वास्थ्य प्रतिष्ठान) र पोखरा एअरपोर्टमा फ्री वाइफाईको ब्यबस्था गरेको हो।

स्थानीय निकायको निर्वाचनमा पोखराको विभिन्न स्थानमा निशुल्क वाईफाइको ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गरेका प्रमुख मानबहादुर जिसीलेको पहलमा पहिलो पटक फ्री वाइफाईको ब्यबस्था गरिएको हो।

फ्री वाइफाईको उद्घाटन प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले गरेका छन्। वाईफाईको उद्घाटन गर्दै गुरुङले वाम गठबन्धनले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार फ्री वाइफाईको ब्यवस्था मिलाएको बताए। ‘गठबन्धनले ५ बर्ष भित्र देशभर फ्री वाइफाईको ब्यवस्था गर्ने भनी गरेको प्रतिबद्धताको सुरुवात भएको छ’ उनले भने। ‘अब, क्रमश प्रदेशको अन्य स्थानहरुमा पनि बिश्तार हुनेछ।’

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले फ्री वाइफाईको पहिलो प्राथमिकता हस्पिटल, बसपार्क लगायतका स्थान परेको बताए। ‘पहिलो पटक सुरुवात पश्चिमाञ्चल स्वास्थ्य प्रतिष्ठानबाट गरेका छौं’ उनले भने। ‘अब क्रमश पोखराको अन्य स्थानहरुमा समेत निशुल्क वाईफाइको ब्यवस्था मिलाउदै जानेछौ।’

फ्री वाइफाईले सर्वसाधारणलाई सहज रुपमा सूचना आदान प्रदान गर्न र सूसुचित हुन सहयोग पुग्ने उनको विश्वास थियो। जिसीले आफुले निर्वाचनको वेला जनतासंग गरेको प्रतिबद्धता अनुरुप फ्री वाइफाईको ब्यवस्था मिलाएको बताए। ‘अब, क्रमश महानगरको विभिन्न स्थानहरुमा समेत ब्यवस्था मिलाउदै जाने छौं’उनले भने। ‘हामी ब्याक्तगरेको प्रतिबद्धता पुरा गर्ने दिशा तर्फ उन्मुख हुन्छौ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell