PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

बेपत्ता भएको तीन सातापछि पोखरा महानगरकाका वरिष्ठ अधिकृत पौडेलको शव भेटियो



नरहरि पौड्याल

बेपत्ता भएको तीन सातापछि पोखरा महानगरकाका वरिष्ठ अधिकृत पौडेलको शव  भेटियो

पोखरा : एकाएक घरमा  चिठी लेखेर बेपत्ता भएका पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका वरिष्ठ अधिकृत ओमराज पौडेलको शव फेलापरेको छ।

गत असार ९ गतेदेखि बेपत्ता पौडेलको शव शनिबार विहान तनुहँको भिमाद स्थित सेती नदिकिनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ।

खोजीकै क्रममा पौडेल हराएको २२ दिन पछि भिमानबाट शव फेला पारिएको हो। उनीसंग मिल्दो संकास्पद शव फेला परेपछि प्रहरीले आफन्त संग सम्पर्कगरी पहिचाहन गराएपछि शवको मुचुल्का उठाउन थालेको छ । मुचुल्का तयार गरे पछि उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइने बताइएको छ ।

पौडेल असार ९ गते शनिबार विहान करिब ५ बजे तिर सानो चिट लेखेर घरबाट निस्किएर वेपत्ता भएको खबर पाउने वित्तिकै जिल्ला प्रहरी कार्यलय कास्कीको सहकार्यमा रेस्क्यू टोलीले सेती किनारमा खोजी गरिदै आएको थियो । तर, रेस्क्यू टिम र केनोनिड.को तालिम प्राप्त टोलीले हप्तौसम्म खोज्दापनि कुनै सुराक पनि फेलापार्न सकेको थिएन। पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए।

उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको नोट प्रहरीले फेला पारेको बताएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell