PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पोखरा स्पोर्टस अवार्डका लागि उत्कृष्ट प्रतिभा छनौट, प्राध्यापक गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड 



नरहरि पौड्याल

पोखरा स्पोर्टस अवार्डका लागि उत्कृष्ट प्रतिभा छनौट, प्राध्यापक गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड 

पोखरा : खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुन लागेको तेस्रो पोखरा स्पोर्ट्स अवार्डमा लाइफ टाइम अचिभमेन्ट अर्वाडबाट प्राध्यापक डाक्टर वीरेन्द्रसिंह गुरुङ सम्मानित हुने भएका छन्।

मञ्चले आगामी जेठ १८ गते पोखरामा आयोजना गर्न लागेको अवार्ड कार्यक्रमका लागि लाइफटाइम अचिभमेन्ट अवार्ड सहितका अन्य ६ वटा विधामा मनोनितहरुको नाम मंगलवार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो।

मञ्चले यस वर्ष कास्की जिल्ला ब्याडमिन्टन संघलाई ‘वर्ष उत्कृष्ट खेल संघ’का रुपमा छनोट गरेको छ।

यस्तै वर्ष उत्कृष्ट खेलाडीहरुमा पुरुष तर्फ शारीरिक सुगठनका कमल बहादुर भण्डारी, क्रिकेटका करण केसी, आर्चरीका तिलक पुन मगरलाई छनौट गरेको छ। यस्तै महिलातर्फ सितेरियो कराँतेकी विमला नेपाली, हक्कीकी कमला पुन, आर्चरीकी केशरी आले मगरलाई छनौट गरेको छ। 

वर्ष उत्कृष्ट उदयीमान खेलाडीको रुपमा एथ्लेटिक्सका विवेक अधिकारी, कब्बडीकी बुद्धिमाया मगर र क्रिकेटका मेगबहादुर सेन छनौटमा परेका छन्।

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकमा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट), शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँत) मनोनयनमा परेको मञ्चका अध्यक्ष केशव पाठकले जानकारी दिए।

पाठकका अनुसार कास्की जन्म वा कर्मथलो बनाएर जिल्ला, क्षेत्रीय, तथा अन्तर्राष्ट्रिय चर्चा कमाएका खेलाडीहरुलाई अवार्डको लागि मनोनित गरिएको हो। आगामी वर्षदेखि अर्वाड कार्यक्रम प्रदेशस्तरीय हुने उनले जानकारी दिए।

‘अवार्ड पोखरामा’ लाइफटाइम अचिभमेन्ट अर्वाडबाट सम्मानित हुन लागेका प्राध्यापक गुरुङलाई ट्रफी, ताम्रपत्र र दोसल्लाबाट सम्मान गरिने छ। यस्तै कास्की जिल्ला ब्याटमिन्टन संघलाई नगद दश हजार र ट्रफीद्वारा सम्मान गरिँदै छ। त्यसैगरी वर्ष खेलाडी पुरुषतर्फ टीभीएस अपाचे मोटरसाइकल र महिला वर्ष खेलाडीलाई टिभीएस विगो स्कुटर प्रदान गरिने छ।

यस्तै वर्ष उदयीमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षकलाइ नगद १५ हजार रुपैया प्रदान गरिने अध्यक्ष पाठकले बताए।

यस्तै मञ्चले यस वर्षबाट खेल पर्यटनमा कलम चलाउने एक जना पत्रकारलाई सोही दिन सम्मान गर्ने पनि जनाएको छ। गायन क्षेत्रबाट खेलकुदका क्षेत्रमा योगदान दिने गायक विनोद बानियाँलाई पनि सो अवसरमा सम्मान गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell