PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पोखरामा नगर बसको ठक्करले एकको मृत्यु



नरहरि पौड्याल

पोखरामा नगर बसको ठक्करले एकको मृत्यु

पोखराः पोखरा लेखनाथ महानगरपालिका ८ एयरपोर्टमा बसले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाईते भएका छन्। 

पोखरा सिद्धार्थ राजमार्ग अन्तरगतको  एयरपोर्टमा ग १ ख ३८७७ नम्बरको नगर बसले ग ९ प २१९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्याङजाका शोभाकान्त पनेरुको मृत्यु भएको हो। मोटरसाईकलको पछाडी बसेका २५ बर्षिय पनेरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट मोटरसाईकल चालक पोखरा महानगरपालिका २१ निर्मलपोखरीका सन्दीप पौडेल गम्भीर घाईते भएका छन्। उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैहरेको प्रहरीले जनाएको छ। दुर्घटनाका बस र मोटरसाईकल प्रहरी नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell