PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • पोखरामा बम पड्काएको आरोपमा विप्लव समूहका जनसरकार प्रमुखसहित तीन पक्राउ

    पोखरामा बम पड्काएको आरोपमा विप्लव समूहका जनसरकार प्रमुखसहित तीन पक्राउ

    पोखराः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले मंगलबार घोषणा गरेको नेपाल बन्दका क्रममा पोखराका विभिन्न ४ स्थानमा बम बिष्फोट गराएको आरोपमा तीन जना पक्राउ परेका छन्।  पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १४ बिजयपुर पुल नजिक प्रेसर कुकर बम राखेको जानकारी पाएपछि रिपोर्टिङको लागि पुगेका पत्रकार घनस्याम पाण्डे र सुरक्षार्थ खटिएका प्रहरी जवान कुल बहादुर खत्री प्रेसर कुकर बमबिष्फोटको छर्रा लागेर…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट पोखरामा एक युवतीको मृत्यु

    टिपरको ठक्करबाट पोखरामा एक युवतीको मृत्यु

    पोखरा : पोखराको चाउथेमा टिपरको ठक्कर दिदाँ स्याङजा आँधीखोला गाउँपालिका ५ जुग्लेकी बन्दना पौडेलको मृत्यु भएको छ। सोमवार बेलुका ना ६ ख ९००६ नम्बरको टिप्परले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो। टाउको र खुट्टामा चोट लागेकी उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो। उनी गण्डकी मेडिकल कलेजको ल्यावमा काम गर्दै आएकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा टाइम बम डिस्पोज गर्दा बिस्फोट, प्रहरी, पत्रकार र एक सर्वासाधारण घाइते

    पोखरामा टाइम बम डिस्पोज गर्दा बिस्फोट, प्रहरी, पत्रकार र एक सर्वासाधारण घाइते

    पोखरा : पोखरा-लेखनाथ महानगरपालिकाको विजयपुर पुल नजिकै टाइम बम बिस्फोट भएको छ। बिस्फोटका क्रममा बमको छर्रा लागेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा एक सर्वासाधारण, एक पत्रकार र एक प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले बताए। शंकास्पद बस्तु फेला परेपछि रिपोर्टिङ गर्न पुगेका घनश्याम पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ। पाण्डेसँगै एकजना प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना निर्वाचित, कति मत पाइन् कांग्रेस उम्मेदवारले?

    प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना निर्वाचित, कति मत पाइन् कांग्रेस उम्मेदवारले?

    पोखराः प्रदेश नम्बर ४ को उपसभामुखको चुनावमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी सांसद सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार भएको मतदानमा उनी ३८ मत ल्याएर उनी निर्वाचित भएकी हुन्।  निकट्तम प्रतिद्धन्दी कांग्रेसकी मनकुमारी गुरुङले १८ मत पाएकी थिइन्। उपसभामुखमा निर्वाचित शर्मा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सांसद बनेकी हुन्। यसअघी उनी नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा अखिल नेपाल महिला संघको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ का मुख्यमन्त्री गुरुङ र सभामुख अधिकारीले लिए शपथ

    प्रदेश ४ का मुख्यमन्त्री गुरुङ र सभामुख अधिकारीले लिए शपथ

    पोखराः प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन्। मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारी र एक मन्त्रीले पनि शपथ लिएका हुन्। गुरुङलाई शुक्रबार प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ गराएका हुन्। आइतबार संसदीय दलको नेतामा निर्विरोध चयन भएका गुरुङलाई सोमबार प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। बुधबार नै शपथग्रहणको कार्यक्रम राखिएकोमा गुरुङकी…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु

    प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु

    पोखरा : प्याराग्लाइडिङ दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।  पोखरामा सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेको थियो। भारतीय नागरिक मारियाता शिवराजको फेवामा डुबेर मृत्यु भएको हो। शिवराज कर्नाटकका हुन्। प्रतिकूल मौसमका कारण प्याराग्लाइडिङ तालमा खसेको अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त, शपथ बुधबार

    प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नियुक्त, शपथ बुधबार

    पोखराः नेकपा एमाले प्रदेश ४ का संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। वामगठबन्धन अन्तरगतका एमाले र माओवादी केन्द्रको समर्थनमा नेता गुरुङ मुख्यमन्त्री बनेका हुन्। गुरुङ हिजैमात्र संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका थिए। प्रदेश सभाका ६० सदस्यीय मध्ये एमालेको २७ सांसद र माओवादी केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ को एमाले संसदीय दलमा सहमति हुन सकेनः ओली गुट र वामदेव गुटबीच भिडन्त हुने

    प्रदेश ४ को एमाले संसदीय दलमा सहमति हुन सकेनः ओली गुट र वामदेव गुटबीच भिडन्त हुने

    पोखराः प्रदेश नम्बर ४ को मुख्यमन्त्री सहमतिमा चुन्ने एमालेको प्रयास असफल भएको छ। आज बिहान आयोजित पार्टीको बैठकमा एमाले नेताहरुले गरेको सहमतिको प्रयास सफल हुन सकेन्।  मुख्यमन्त्रीका प्रमुख दावेदार लमजुङका एमाले नेता पृथ्वी सुब्वा गुरुङ र तनहँुका किरण गुरुङलाई सँगै राखेर एमाले कार्यालय कास्कीमा भएको बैठकमा दुवै नेता टसमस नभएपछि निर्वाचन प्रक्रियाबाट मुख्यमन्त्रीको टुंगाो लगाउने निर्णयमा एमाले पुगेको हो। अब…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा दोस्रो भेट्रान बास्केटबल प्रतियोगिता हुँदै

    पोखरामा दोस्रो भेट्रान बास्केटबल प्रतियोगिता हुँदै

    पोखरा : पोखरामा टिभिएस आरटिआर राष्ट्रिय पुरुष भेट्रान बास्केटबल प्रतियोगिता २०७४ हुने भएको छ। फागुन ३ देखि ५ गते सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ। कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने प्रतियोगितामा ४० वर्ष भन्दा माथीका खेलाडी सहभागिता हुने संयोजक नारायण प्रसाद शर्माले बताए। संयोजक शर्माले नयाँ खेलाडीलाइ खेलप्रति उत्साह…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ को राष्ट्रिय सभा निर्वाचनः लोकसेवा आयोगमा मतदान जारी

    प्रदेश ४ को राष्ट्रिय सभा निर्वाचनः लोकसेवा आयोगमा मतदान जारी

    पोखराः प्रदेश नम्बर ४ अन्तर्गतको राष्ट्रिय सभा निर्वाचनको मतदान पोखरामा चलिरहेको छ। प्रदेश नम्वर ४ को मतदान पार्दीस्थित लोकसेवा आयोगको कार्यलयमा भइरहेको छ। प्रदेश नम्बर ४ बाट  निर्वाचित हुने ८ सदस्य मध्ये एक जना निर्विरोध भैसकेका छन् भने ७ जनाको लागि मतदान भैरहेको छ। प्रदेश ४ मा अपांगअल्पसंख्यक सदस्यमा कांग्रेसका प्रकाश पन्त निर्वारोध निर्वाचित भैसकेका छन्। अन्य ७ मध्ये तीन…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा विद्यार्थीको मृत्युपछि आन्दोलनः सात बुँदे सहमतिसँगै साम्य

    पोखरामा विद्यार्थीको मृत्युपछि आन्दोलनः सात बुँदे सहमतिसँगै साम्य

    पोखराः सोमबार साँझ नेपाल विद्यार्थी संघ (नेविसंघ) स्याङजा पोखरा सम्पर्क समितिका सभापति बोधराज ढकाललाई नगरबसले किचेर मारेको बिषयलाई लिएर पोखरामा चर्किएको आन्दोलन सहमतिपछि रोकिएको छ। पटकपटक वार्ता बुधबार भने सहममतीमा टुंगिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीमा त्रिपक्षीय छलफलपछि ७ बुँदे सहमति भएको छ। चालकलाई कारबाही गर्ने र मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउने बुँदामा उल्लेख छ। चालककै लापरबाहीले दुर्घटना भएको…

    विस्तृतमा पढ्नुस्

  • मनाङेमात्र आएनन् प्रदेश ४ को मतदानमाः मतगणना ३ बजेबाट

    मनाङेमात्र आएनन् प्रदेश ४ को मतदानमाः मतगणना ३ बजेबाट

    पोखराः प्रदेश नम्वर ४ अन्तर्गतको राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएको छ। पार्दीस्थित लोकसेवा आयोगको कार्यलयमा बिहान १० बजे शुरु भएको मतदान दिउँसो १ बजेसम्म चलेको थियो। प्रदेश नम्बर ४ बाट  निर्वाचित हुने ८ सदस्य मध्ये एक जना निर्विरोध भैसकेका छन् भने ७ जनाको लागि मतदान भएको हो।  प्रदेश ४ मा अपांग अल्पसंख्यक सदस्यमा कांग्रेसका प्रकाश पन्त निर्वारोध निर्र्वािचत भैसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघका नेताको मृत्युपछि पोखरामा तनावः चार राउन्ड अश्रुग्यास प्रहार

    नेविसंघका नेताको मृत्युपछि पोखरामा तनावः चार राउन्ड अश्रुग्यास प्रहार

    पोखराः नेपाल विद्यार्थी संघ(नेविसंघ) स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई नगर बसले ठक्कर दिएर मृत्यु भएपछि पोखरामा आन्दोलन सुरु भएको छ। पृथ्वीनारायण क्याम्पस गेट अगाडि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ। बिहानैबाट विद्यार्थीको अवरोध हटाउन दमनमा उत्रिएका प्रहरीले धरपकड थालेपछि विद्यार्थी आन्दोलन उग्र बन्दै गएको हो। आज बिहानैबाट विद्यार्थीले क्याम्पस गेट अगाडि नगर बस तोडफोड र सडक…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ को प्रदेशसभा बैठक शुरु: यस्तो छ कार्यतालिका

    प्रदेश ४ को प्रदेशसभा बैठक शुरु: यस्तो छ कार्यतालिका

    पोखरा: प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक नदिपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा शुरु भएको छ।  बैठक प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ बजे जनाउ घण्टी बजाएर सुरु गरिएको हो। बैठकको अध्यक्षता प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गरेका छन्।  आजको बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले संसद् बैठक आह्वान गरेको सूचना पढेर सुनाइने छ। डेढघण्टा चल्ने बैठकले आन्तरिक कार्यिवधि…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशमानले भने: देशको उपचार गर्ने कांग्रेस पार्टी आफै अस्वस्थ छ

    प्रकाशमानले भने: देशको उपचार गर्ने कांग्रेस पार्टी आफै अस्वस्थ छ

    पोखरा: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा देउवाको नेतृत्व असफल भएको आरोप लगाएका छन्।   नेता सिंहले पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै अबको नेतृत्व आफूले लिने बताएका छन्। ‘पार्टी लथालिङ्ग अवस्थामा चलिरहेको छ,  देशको उपचार गर्ने कांग्रेस पार्टी आफै अस्वस्थ छ’ उनले भने। ‘अब,यो अवस्थामा पाटी चल्न सक्दैन। कुशल नेतृत्वको जिम्मामा लाउनुपर्छ।’  कास्की कांग्रेसले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ मा दुई मन्त्रालय सञ्चालनमा, प्रमुख सचिवसहितले कार्यभार सम्हाले

    प्रदेश ४ मा दुई मन्त्रालय सञ्चालनमा, प्रमुख सचिवसहितले कार्यभार सम्हाले

    कास्की: पहिलोपटक संघीय संरचनामा प्रदेश नम्बर ४ मा मन्त्रिपरिषद् कार्यालयसहित दुई मन्त्रालय सञ्चालनमा आएका छन्। बिहीबार प्रदेशको प्रमुख सचिवसहित तीन सचिवले कार्यभार सम्हालेका छन्। सचिवहरुले कार्यभार सम्हालेपछि प्रदेशसभा बस्नुअघि नै मन्त्रिपरिषद्को कार्यालय सुरु भएको हो। साविकका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले प्रदेश नम्वर ४ मा प्रमुख सचिवको कार्यभार सम्हाले भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको रुपमा लालमणि ओझाले कार्यभार सम्हालेका छन्। त्यसैगरि…

    विस्तृतमा पढ्नुस्

  • सुमन लामाको पेनाल्टी गोल मद्दतमा नेपाल पुलिस फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त

    सुमन लामाको पेनाल्टी गोल मद्दतमा नेपाल पुलिस फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त

    पोखरा : धरान फुटबल क्लबलाई हराउँदै नेपाल पुलिस क्लब १६औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीवार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले धरान फुटवल क्लबलाई १-० गोलले हराएको हो। पुलिसले अब उपाधिका लागि शनिवार थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ। पुलिसको जितमा २२ औं मिनेटमा सुमन लामाले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो। धरानका रोमन लिम्बुले पुलिसका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ मा मुख्यमन्त्रीलाई १८० झ्याले गेस्टहाउस, सभामुखलाई रिसोर्ट 

    प्रदेश ४ मा मुख्यमन्त्रीलाई १८० झ्याले गेस्टहाउस, सभामुखलाई रिसोर्ट 

    पोखराः माघ २२ मा प्रदेश ४ को प्रदेश सभा बैठक बस्दैछ। प्रदेशसभा बैठक नजिकिदै गर्दा कार्यालय तथा निवासका भौतिक संरचनालगायत पूर्वाधारको तयारी तीव्र रुपमा अगाडी बढेको छ।  सरकारले अध्यागम कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय बनाएपछि प्रदेश प्रमुख बाबुराम कुवँरले गतहप्ता त्यही कार्यालयमा कार्यभार सम्हाले। प्रदेश सभा सदस्यहरुलाई सपथ खुवाए।  हाल क्षेत्रीय प्रशासकले प्रयोग गर्दै आएको निवासलाई प्रदेश प्रमुखको निवासको लागि प्रयोगमा…

    विस्तृतमा पढ्नुस्

  • एपिएफलाई हराउँदै थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

    एपिएफलाई हराउँदै थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

    पोखराः १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको प्रिक्वाटर फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउदै रुस्लान थ्रीस्टार सेमिफाइनल प्रवेश गरेको छ।  आहा राराको चार पटकको विजेता थ्रीस्टारले एपीएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउदै सेमी फाइनल प्रवेश गरेको हो।  फाइनल खेलमा थ्रीस्टार र विदेशी टोली उत्तर बरिन्धरा क्लब बंगलादेशबीच खेल हुने भएको हो। आहा राराको संस्करणमा थ्रीस्टार तीन पटकको विजेता हो।…

    विस्तृतमा पढ्नुस्

  • जर्ज प्रिन्स पेनाल्टीमा चुक्दा आर्मी पराजित, धरान सेमिफाइनलमा

    जर्ज प्रिन्स पेनाल्टीमा चुक्दा आर्मी पराजित, धरान सेमिफाइनलमा

    पोखरा: १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको प्रिक्वाटर फाइनलमा नेपाल आर्मी क्लबलाई हराउदै धरान फुटबल क्बल सेमिफाइनल प्रवेश गरेको छ। आहा राराको तीन पटकको उपविजेता नेपाल आर्मी क्लबलाई हराउदै धरान फुटबल क्बल सेमिफाइनलमा प्रवेश गरेको हो।  जितसँगै धरान क्लब फाइनल प्रवेशका लागि एपिएफ र थ्रीस्टारको विजेता सगँ खेल्ने छ। निर्धारित समय र थप समयमा दुबै टिमबाट एक÷एक गोल भएपछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell