PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पोखरामा दोस्रो भेट्रान बास्केटबल प्रतियोगिता हुँदै



नरहरि पौड्याल

पोखरामा दोस्रो भेट्रान बास्केटबल प्रतियोगिता हुँदै

पोखरा : पोखरामा टिभिएस आरटिआर राष्ट्रिय पुरुष भेट्रान बास्केटबल प्रतियोगिता २०७४ हुने भएको छ। फागुन ३ देखि ५ गते सम्म पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने प्रतियोगितामा ४० वर्ष भन्दा माथीका खेलाडी सहभागिता हुने संयोजक नारायण प्रसाद शर्माले बताए। संयोजक शर्माले नयाँ खेलाडीलाइ खेलप्रति उत्साह जगाउन पूर्व खेलाडीहरुको प्रतियोगिता आयोजना गरिएको बताए।

उनले खेल मार्फत स्वस्थ्य रहन र खेलाडीहरु वीच आपसी मित्रता, सामुहिक भावनाका साथै पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउन उदेश्यले प्रतियोगिता आयोजना गरीएको बताए। प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहने छ।

प्रतियोगितामा काठमाडौंबाट तीन टिम तथा रुपन्देही, तनहुँ, स्याङजा, पर्वत, धरान जिल्लाबाट एक–एक टिम र आयोजक टिम कास्की बाट ४ वटा टिमको सहभागिता रहनेछ।

बतास ब्रदर्श प्रालीको मुख्य प्रायोजन र पोखरा लेखनाथ महानगरपालिकाको सह प्रायोजनमा हुने प्रतियोगिता सम्पन्न गर्न ९ लाख ३० हजार खर्च लाग्ने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्र बहादुर सेनले बताए।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ र दोस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell