PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

एपिएफलाई हराउँदै थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा



नरहरि पौड्याल

एपिएफलाई हराउँदै थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखराः १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको प्रिक्वाटर फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउदै रुस्लान थ्रीस्टार सेमिफाइनल प्रवेश गरेको छ। 

आहा राराको चार पटकको विजेता थ्रीस्टारले एपीएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउदै सेमी फाइनल प्रवेश गरेको हो। 

फाइनल खेलमा थ्रीस्टार र विदेशी टोली उत्तर बरिन्धरा क्लब बंगलादेशबीच खेल हुने भएको हो। आहा राराको संस्करणमा थ्रीस्टार तीन पटकको विजेता हो।
 
निर्धारित र थप समयमा दुबै पक्षबाट कुनै पनि गोल नभए पछि खेल ट्राइब्रेकरमा पुगेको थियो। एपिएफका राजेन्द्र रावलको प्रहारलाई थ्रीस्टारका एलेन न्यौपानेले सेभ गरे । एलेन न्यौपाने नै खेलको म्यान अफदी म्याच भए।

थ्रीस्टारका लागि रञ्जीत धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरेका थिए। 

एपिएफका लागि नविन लामा, अन्जन विष्ट र रञ्जन विष्टले गोल गरे। मंगलबारको खेल नेपाल पुलिस क्लब र मनाङ मस्याङदी क्लब बिच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell