PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पोखरामा विद्यार्थीको मृत्युपछि आन्दोलनः सात बुँदे सहमतिसँगै साम्य



नरहरि पौड्याल

पोखरामा विद्यार्थीको मृत्युपछि आन्दोलनः सात बुँदे सहमतिसँगै साम्य

पोखराः सोमबार साँझ नेपाल विद्यार्थी संघ (नेविसंघ) स्याङजा पोखरा सम्पर्क समितिका सभापति बोधराज ढकाललाई नगरबसले किचेर मारेको बिषयलाई लिएर पोखरामा चर्किएको आन्दोलन सहमतिपछि रोकिएको छ।

पटकपटक वार्ता बुधबार भने सहममतीमा टुंगिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीमा त्रिपक्षीय छलफलपछि ७ बुँदे सहमति भएको छ। चालकलाई कारबाही गर्ने र मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउने बुँदामा उल्लेख छ।

चालककै लापरबाहीले दुर्घटना भएको भन्दै कानुन अनुसार हदैसम्मको कारबाही गर्ने, मृतकका परिवारलाई उचित राहात उपलब्ध गराउने, विद्यार्थीलाई सन्ध्याकालीन समयमा पनि छुटको ब्यवस्था गर्ने सहमति भएको नेविसंघ केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए। 

वार्तामा आन्दोलनका सबै घाईतेलाई उपचार गराउने सहमति पनि जुटेको छ। सहमतिपत्रमा जिल्ला प्रहरी कार्यालय, संयुक्त विद्यार्थी आन्दोलन समिति र बस ब्यवसायी समितिले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। 

सहमतिपछि आजै मृतकका परिवारले शव बुझ्ने र आजै दाहसंस्कार हुने भएको छ। दिउँसो १ बजे गण्डकी अस्पतालबाट शवयात्रा निकालेर रामघाटमा अन्त्यष्टी हुने र अन्त्यष्टीमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको झण्डा ओढाउने छन्। ठप्प रहेको पोखराका नगरबसहरु सहमति पछि चल्न थालेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell