PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

प्रकाशमानले भने: देशको उपचार गर्ने कांग्रेस पार्टी आफै अस्वस्थ छ



नरहरि पौड्याल

प्रकाशमानले भने: देशको उपचार गर्ने कांग्रेस पार्टी आफै अस्वस्थ छ

पोखरा: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा देउवाको नेतृत्व असफल भएको आरोप लगाएका छन्।
 
नेता सिंहले पार्टी नेतृत्वप्रति कटाक्ष गर्दै अबको नेतृत्व आफूले लिने बताएका छन्। ‘पार्टी लथालिङ्ग अवस्थामा चलिरहेको छ,  देशको उपचार गर्ने कांग्रेस पार्टी आफै अस्वस्थ छ’ उनले भने। ‘अब,यो अवस्थामा पाटी चल्न सक्दैन। कुशल नेतृत्वको जिम्मामा लाउनुपर्छ।’ 

कास्की कांग्रेसले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विगतका उपलब्धिमा जसरी कांग्रेसको योगदान रह्यो त्यसैगरी विकास र समृद्विका लागि पनि काँग्रेसकै नेतृत्व आवश्यक पर्ने जिकिर गरे। 

नेता सिंहले देशको संघीय संरचना अनुसार पार्टीको विधान परिवर्तन गरी सोही अनुसारको संगठन विस्तार थाल्नुपर्ने बताउँदै महाधिबेशनको २ महिनाभित्रै गठन हुनुपर्ने ४२ वटा विभाग २ बर्ष वितिसक्दा पनि गठन हुन नसकेको बताए। 

जनताले बाम गठबन्धलाई सरकारको नेतृत्व गर्ने अवसर दिएको बताउदै नेता सिंहले सत्तामा बसेर जथाभाबी गरे कांग्रेसले स–शक्त कदम चाल्ने चेतावनी दिए। 

नेता सिंहले कांग्रेस सधै सत्तामा टाँसिरहन चाहन्छ भनेर कम्युनिस्टले गलत प्रचार गरेको उल्लेख गर्दै संविधानसभाको निर्वाचनपछि सबैभन्दा बढी समय कम्युनिष्टहरुले नै सरकारको नेतृत्व गरेको बताए। कम्युनिष्टको गलत कुराको खण्डन गर्न नसक्नु काँग्रेसको कमजोरी भएको नेता सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell