PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

जर्ज प्रिन्स पेनाल्टीमा चुक्दा आर्मी पराजित, धरान सेमिफाइनलमा



नरहरि पौड्याल

जर्ज प्रिन्स पेनाल्टीमा चुक्दा आर्मी पराजित, धरान सेमिफाइनलमा

पोखरा: १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको प्रिक्वाटर फाइनलमा नेपाल आर्मी क्लबलाई हराउदै धरान फुटबल क्बल सेमिफाइनल प्रवेश गरेको छ। आहा राराको तीन पटकको उपविजेता नेपाल आर्मी क्लबलाई हराउदै धरान फुटबल क्बल सेमिफाइनलमा प्रवेश गरेको हो। 

जितसँगै धरान क्लब फाइनल प्रवेशका लागि एपिएफ र थ्रीस्टारको विजेता सगँ खेल्ने छ। निर्धारित समय र थप समयमा दुबै टिमबाट एक÷एक गोल भएपछि खेल ट्राइब्रेकरमा ५–४ गोलले धरान विजयी भएको हो। यस सिजनको तीन वटा उपाधी जितिसकेको आर्मी आहा रारामा भने पहिलो खेलबाटै बाहिरिएको हो। 

आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार बारमा लागेर बाहिरिएपछि आर्मी ट्राइ ब्रेकरको सिकार भयो। खेलको १८ औं मिनेटमा आर्मीका टिम क्याप्टेन भरत खवासले गोल गरेर आर्मीका खाता खोलेका थिए। एरिक विष्टले कर्नरबाट प्रहार गरेको बललाई विकास तामाङले डिबक्समा मिलाई दिएको बललाई भरतले गोल गरेका थिए।

धरानका लागि खेलको ६३ औं मिनेटमा खेलको म्यान अफदी म्याच बन्न सफल निशान लिम्बुले गोल गरेका थिए। ट्राइब्रेकरमा धरानका बिष्णु सुनार, सुरज विक, रोमन लिम्बु, बर्तमान राई र निशान लिम्बुले गोल गरे। त्यसै गरी आर्मीका लागि नवयुग श्रेष्ठ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले गोल गरे। सोमबारको खेल नेपाल पुलिस क्लब र थ्री स्टारबीच खेल हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell