PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पोखरामा टाइम बम डिस्पोज गर्दा बिस्फोट, प्रहरी, पत्रकार र एक सर्वासाधारण घाइते



नरहरि पौड्याल

पोखरामा टाइम बम डिस्पोज गर्दा बिस्फोट, प्रहरी, पत्रकार र एक सर्वासाधारण घाइते

पोखरा : पोखरा-लेखनाथ महानगरपालिकाको विजयपुर पुल नजिकै टाइम बम बिस्फोट भएको छ।

बिस्फोटका क्रममा बमको छर्रा लागेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा एक सर्वासाधारण, एक पत्रकार र एक प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले बताए।

शंकास्पद बस्तु फेला परेपछि रिपोर्टिङ गर्न पुगेका घनश्याम पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ। पाण्डेसँगै एकजना प्रहरी जवान र एक सर्वसाधारण घाइते भएका हुन्। 

त्यस्तै नागढुंगामा रहेको बम सेनाले निस्तेज पारेको छ। नीलो रंगको जेब्रा झोलाभित्र तारले बेरको अवस्थामा बम फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell