PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मनाङेमात्र आएनन् प्रदेश ४ को मतदानमाः मतगणना ३ बजेबाट



नरहरि पौड्याल

मनाङेमात्र आएनन् प्रदेश ४ को मतदानमाः मतगणना ३ बजेबाट

पोखराः प्रदेश नम्वर ४ अन्तर्गतको राष्ट्रिय सभा निर्वाचनको मतदान सकिएको छ। पार्दीस्थित लोकसेवा आयोगको कार्यलयमा बिहान १० बजे शुरु भएको मतदान दिउँसो १ बजेसम्म चलेको थियो।

प्रदेश नम्बर ४ बाट  निर्वाचित हुने ८ सदस्य मध्ये एक जना निर्विरोध भैसकेका छन् भने ७ जनाको लागि मतदान भएको हो। 

प्रदेश ४ मा अपांग अल्पसंख्यक सदस्यमा कांग्रेसका प्रकाश पन्त निर्वारोध निर्र्वािचत भैसकेका छन्। अन्य ७ मध्ये तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धा गरेका छन्। अन्यतर्फ तीनजनाका लागि चारजनाले उम्मेदवारी परेको थियो। 

कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, एमालेबाट गणेशप्रसाद तिमल्सिना, माओवादीबाट दीनानाथ शर्मा र राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद शर्मा अधिकारी बीच प्रतिस्पर्धा भएकोछ। एक दलित सदस्यका लागि कांग्रेसबाट जितबहादुर नेपाली र एमालेबाट खिमबहादुर विकबीच प्रतिस्पर्धा भएकोछ। 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि  प्रदेशका स्थानीय कुल  तहमा प्रमुख(उपप्रमुख वा अध्यक्ष(उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी कुल २३० जना मध्ये २२९ जनाले मतदान गरेका छन्।  मनाङबाट निर्वाचित प्रदेश सांसद  राजिब गुरुङ ( दिपक मनाङे) भने मतदानमा सहभागी भएनन् ।

मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएसँगै दिउँसो ३ बजेबाट मतगणना शुरु गर्नेगरी तयारी गरिएको छ। सो प्रदेशबाट राष्ट्रियसभामा निर्वा्चित हुने कूल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक(एक जना) रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वा्चित  भइसकेका छन्।

ठूला दलहरु मध्येबाट निर्वाचनमा काँग्रस, एमाले, माओवादी केन्द्र र जनमोर्चाको तर्फबाट उमेदवारी थिएका हुन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell