PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना निर्वाचित, कति मत पाइन् कांग्रेस उम्मेदवारले?



नरहरि पौड्याल

प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना निर्वाचित, कति मत पाइन् कांग्रेस उम्मेदवारले?

पोखराः प्रदेश नम्बर ४ को उपसभामुखको चुनावमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी सांसद सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार भएको मतदानमा उनी ३८ मत ल्याएर उनी निर्वाचित भएकी हुन्। 

निकट्तम प्रतिद्धन्दी कांग्रेसकी मनकुमारी गुरुङले १८ मत पाएकी थिइन्। उपसभामुखमा निर्वाचित शर्मा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सांसद बनेकी हुन्। यसअघी उनी नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा अखिल नेपाल महिला संघको केन्द्रीय सचिव हुन्। 

सभामुखमा माओवादी केन्द्रका सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन्। सभामुख र उपसभामुख फरक पार्टी र फरक लिंगका हुनुपर्ने संवैधानिक प्रावधान अनुसार एमालेबाट महिला सांसद शर्मालाई वाम गठबन्धनले समर्थन गरेको हो।

३ जना आकांक्षी भएपछि एमालेले शनिबार नै उपसभामुखको टुंगो लगाउन सकेको थिएन। उपसभामुखमा सिर्जनासँगै मित्रकुमारी सुवेदी गुरुङ र नरदेवी पुनले दावी गरेका थिए। आइतबार बसेको एमाले संसदीय दलको बैठकले सिर्जनालाई सिफारिस गरेपछि उनि उमेदवार बनेकी हुन्। 

मुख्यमन्त्री र सभामुखमा वाम गठबन्धनका उमेदवार सर्वसम्वत भएपनि दुई पार्टी एकिकरण प्रक्रियामा रहेका कारण कानुन अनुसार उपसभामुख आफुले पाउनु पर्ने दावी गर्दै काँग्रेसले उपसभामुखमा  गोरखाबाट समानुपातिक सांसद बनेकी मनकुमारी गुरुङलाई उमेदवार बनाएपछि निर्वाचन भएको हो।

सांसद विन्दुकुमार थापाको प्रस्ताव र ओमकला गौतमको समर्थनमा मनकुमारी मनोनयन दर्ता गराएकी हुन्।

६० सदस्यीय प्रदेश सभामा एमालेको सबैभन्दा बढी २७, कांग्रेसको १५, माओवादीको १२, जनमोर्चाको ३ र नयाँ शक्तिको २ जनाको प्रतिनिधित्व छ। एमालेको समर्थनमा मनाङबाट प्रदेशसभा सदस्य बनेका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ भने अदालतबाट दोषी ठहर भइ फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell