PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश ४ को राष्ट्रिय सभा निर्वाचनः लोकसेवा आयोगमा मतदान जारी



नरहरि पौड्याल

प्रदेश ४ को राष्ट्रिय सभा निर्वाचनः लोकसेवा आयोगमा मतदान जारी

पोखराः प्रदेश नम्बर ४ अन्तर्गतको राष्ट्रिय सभा निर्वाचनको मतदान पोखरामा चलिरहेको छ। प्रदेश नम्वर ४ को मतदान पार्दीस्थित लोकसेवा आयोगको कार्यलयमा भइरहेको छ।

प्रदेश नम्बर ४ बाट  निर्वाचित हुने ८ सदस्य मध्ये एक जना निर्विरोध भैसकेका छन् भने ७ जनाको लागि मतदान भैरहेको छ।

प्रदेश ४ मा अपांगअल्पसंख्यक सदस्यमा कांग्रेसका प्रकाश पन्त निर्वारोध निर्वाचित भैसकेका छन्। अन्य ७ मध्ये तीन महिला सदस्यका लागि चारजना प्रतिस्पर्धा गर्दै छन् । कांग्रेसबाट विन्दादेवी आले (राना), एमालेबाट दीपा गुरुङ र शान्तिदेवी अधिकारी (जिसी) तथा राष्ट्रिय जनमोर्चाबाट मीना पुन उम्मेदवार बनेका छन् ।

अन्यतर्फ तीनजनाका लागि चारजनाले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट सुरेन्द्रराज पाण्डे, एमालेबाट गणेशप्रसाद तिमल्सिना, माओवादीबाट दीनानाथ शर्मा र राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद शर्मा अधिकारी प्रतिस्पर्धामा छन्। 

एक दलित सदस्यका लागि कांग्रेसबाट जितबहादुर नेपाली र एमालेबाट खिमबहादुर विकबीच प्रतिस्पर्धा हुँदै छ।

ठूला दलहरु मध्येबाट निर्वाचनमा काँग्रस, एमाले, माओवादी केन्द्र र जनमोर्चाको तर्फबाट उम्मेवारी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell