PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

पोखरामा बम पड्काएको आरोपमा विप्लव समूहका जनसरकार प्रमुखसहित तीन पक्राउ



नरहरि पौड्याल

पोखरामा बम पड्काएको आरोपमा विप्लव समूहका जनसरकार प्रमुखसहित तीन पक्राउ

पोखराः विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले मंगलबार घोषणा गरेको नेपाल बन्दका क्रममा पोखराका विभिन्न ४ स्थानमा बम बिष्फोट गराएको आरोपमा तीन जना पक्राउ परेका छन्। 

पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १४ बिजयपुर पुल नजिक प्रेसर कुकर बम राखेको जानकारी पाएपछि रिपोर्टिङको लागि पुगेका पत्रकार घनस्याम पाण्डे र सुरक्षार्थ खटिएका प्रहरी जवान कुल बहादुर खत्री प्रेसर कुकर बमबिष्फोटको छर्रा लागेर घाइते भएका थिए। अहिले उनीहरु पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले बम बिष्फोट गराएको आरोपमा पोखरा महानगरपालिका ३१ बस्ने नेपाल कप्युनिष्ट पार्टी विप्लव समूहका जनसरकार प्रमुख ५८ बर्षिय जगन भन्ने नन्द प्रसाद तिवारी, पोखरा १८ सराङकोटका अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका जिल्ला अध्यक्ष ६५ बर्षिय पुष्प कार्की र पोखरा २५ नयाँगाउँ बस्ने अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका वर्ष ४० बर्षिय खड्कबहादुर राईलाई पक्राउ गरेको हो। 

बम बिष्फोट गराएको आरोपमा पक्राउपरेका उनीहरुलाई बिष्फोटक पदार्थ तथा हतियार खरखजनामा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell