PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सुमन लामाको पेनाल्टी गोल मद्दतमा नेपाल पुलिस फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त



नरहरि पौड्याल

सुमन लामाको पेनाल्टी गोल मद्दतमा नेपाल पुलिस फाइनलमा, थ्री स्टारसँग उपाधि भिडन्त

पोखरा : धरान फुटबल क्लबलाई हराउँदै नेपाल पुलिस क्लब १६औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बिहीवार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले धरान फुटवल क्लबलाई १-० गोलले हराएको हो। पुलिसले अब उपाधिका लागि शनिवार थ्री स्टारसँग प्रतिस्पर्धा गर्नेछ।

पुलिसको जितमा २२ औं मिनेटमा सुमन लामाले गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो।

धरानका रोमन लिम्बुले पुलिसका रवि पासवानलाई डिबक्सभित्र तानेर लडाएपछि रेफ्री सुदेश पाण्डेले पहेँलो कार्ड देखाउँदै पुलिसलाई पेनाल्टीको मौका दिएका थिए। जसलाई सुमन लामाले सहजै गोल गरे।

एकपछि अर्को मुभ बनाएको धराने प्रयासलाई हरेक पटक पुलिसका डिफेन्सले बिफल पारेका थिए।

खेलको ३५ औं मिनेटमा डिफेन्स समेत विट भईसकेको अवस्थामा पुलिसका गोलकिपरले क्लियर गर्न खोजेको बल धरानका निशान लिम्बुसँग रिफ्लेक्ट हुदैं पोष्ट नजिकैबाट बाहिरियो।

पोखराको मैदानमा धरान फुटबल क्लब र नेपाल पुलिस क्लबको बिहीबारको भेट भने तेस्रो थियो। छैटौं र १२औं संस्करणमा पुलिससँग पराजित भएको धरान १६औं संस्करणमा पनि पराजित भयो।

खेलमा नेपाल पुलिस क्लबका गोलकिपर शत्रुघन चौधरी म्यान अफ दि म्याच घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell