PahiloPost

Jul 14, 2025 | ३० असार २०८२

प्रदेश ४ का मुख्यमन्त्री गुरुङ र सभामुख अधिकारीले लिए शपथ



नरहरि पौड्याल

प्रदेश ४ का मुख्यमन्त्री गुरुङ र सभामुख अधिकारीले लिए शपथ

पोखराः प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन्। मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारी र एक मन्त्रीले पनि शपथ लिएका हुन्। गुरुङलाई शुक्रबार प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ गराएका हुन्।

आइतबार संसदीय दलको नेतामा निर्विरोध चयन भएका गुरुङलाई सोमबार प्रदेश प्रमुख कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। बुधबार नै शपथग्रहणको कार्यक्रम राखिएकोमा गुरुङकी कान्छीआमाको निधन भएपछि दुई दिन पछि सारिएको थियो। अधिकारी बिहीबार मात्रै सभामुखमा निर्वाचित भएका थिए।

यसैबीच मुख्यमन्त्री गुरुङले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रामशरण बस्नेतलाई शपथ गराएका छन्। उनी एमालेका तर्फबाट मन्त्री बनेका हुन्।  माओवादीले पनि एकजना मन्त्री पठाउने तयारी गरेको थियो। तर आन्तरिक सहमति नजुटेको भन्दै मन्त्री पठाइएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell