PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश ४ को प्रदेशसभा बैठक शुरु: यस्तो छ कार्यतालिका



नरहरि पौड्याल

प्रदेश ४ को प्रदेशसभा बैठक शुरु: यस्तो छ कार्यतालिका
फोटो:रासस

पोखरा: प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक नदिपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा शुरु भएको छ। 

बैठक प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ बजे जनाउ घण्टी बजाएर सुरु गरिएको हो। बैठकको अध्यक्षता प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गरेका छन्। 

आजको बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुख बाबुराम कुँवरले संसद् बैठक आह्वान गरेको सूचना पढेर सुनाइने छ। डेढघण्टा चल्ने बैठकले आन्तरिक कार्यिवधि र सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको चयन गर्ने छ। 

बैठकमा प्रत्येक ठूला दलबाट तीन÷तीनजना (कम्तीमा एकजना महिलासहित) र साना दलबाट एक÷एकजना गरी ११ जनाले मन्तव्य दिने कार्यक्रम सय अघिनै सर्वदलिय बैठकबाट अनुमोदन भएको छ।

बैठक करिब एक घण्टा १५ मिनेट चल्ने सहमति भएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए। प्रदेश नं ४ मा गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ जिल्लाबाट प्रदेशमा ११ जिल्लाबाट ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चुनिएका छन्। 

नेकपा (एमाले)का २७, नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का १२, जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना सांसद सहभागि भएका छन्। 

प्रदेशसभाका ६० जना सदस्यमध्ये मनाङ १(ख) बाट निर्वाचित राजिव गुरुङले भने हालसम्म शपथ लिएका छैन। 

प्रदेशसभा बैठकस्थलमा नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ५५ जना मर्यादापालक खटिनेछन्। सभास्थल बाहिर २५ जना सुरक्षाकर्मी खटाइने छ। ६० सदस्यीय प्रदेशसभाको बैठक बस्ने स्थलमा सांसदका लागि माइकसहितका कुर्ची मिलाएर राखिसकिएको छ। बैठक हेर्न त्यसभन्दा पछिल्लो भागमा अन्य सहभागीका लागि ६० र पत्रकारका लागि ३० कुर्ची राखिएको छ। प्रदेशको बैठकलाई लक्ष्य गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell