PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • पोखराका ट्याक्सी मिटरमै चलाउन सहमति

    पोखराका ट्याक्सी मिटरमै चलाउन सहमति

    पोखरा : आफुखुसी मनलाग्दो भाडा असुलेर कारवाहीमा परेपछि आन्दोलित भएका पोखराका ट्याक्सीहरु मिटरमै यात्रीलाई सेवा दिन सहमत भएका छन्। जिल्ला प्रशासन कास्कीमा शुक्रबार भएको छलफलमा व्यवसायीहरु मिटर प्रणालीमा जान सहमत भएका हुन्। पोखरामा सञ्चालित २ हजार २ सय ट्याक्सीहरुले १५ बर्षदेखि मनलाग्दी भाडा लिने गरेका थिए। अब भने सुरुमा १४ रुपैयाँबाट मिटरमा भाडा उठ्दै जाने छ। भाडादर प्रतिकिलोमिटर ५० रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • मिटरमा नचल्ने ट्याक्सीलाई यातायात व्यावसायीको साथ, सवारी बन्द हुँदा यात्रुलाई सास्ती

    मिटरमा नचल्ने ट्याक्सीलाई यातायात व्यावसायीको साथ, सवारी बन्द हुँदा यात्रुलाई सास्ती

    पोखरा : पोखरामा चल्ने ट्याक्सीहरुले मिटर नचलाई आफुखुशी मललाग्दो भाडा उठाएर यात्रुहरुलाई ठगी गरेको आरोपमा प्रहरीले सोमवार केही ट्याक्सीहरुलाई नियन्त्रणमा लिएपछि चर्किएको आन्दोलनका कारण गण्डकी अञ्चलको सार्वजनिक यातायात ठप्प भएको छ। यात्रुहरुसंग आफुखुशी भाडा असुल्दै आएका केही ट्याक्सीलाई प्रहरीले ठगी गरेको भन्दै नियन्त्रणमा लिएपछि उनीहरुको ठगीलाई समर्थन गर्दै पोखरामा रहेका सार्वजनिक यातायतसंग आबद्ध अन्य यातायात व्यवसायीले गाडी नचलाउदा यात्रुलाई सास्ती…

    विस्तृतमा पढ्नुस्

  • पोखराको यातायत कार्यालयबाट २९ जना बिचौलिया पक्राउ

    पोखराको यातायत कार्यालयबाट २९ जना बिचौलिया पक्राउ

    पोखरा : पोखरामा रहेको यातायात व्यवस्था कार्यलय गण्डकीबाट २९ जना बिचौलियाहरु पक्राउ परेका छन्। यातायात व्यवस्था कार्यलय गण्डकी अन्तर्गत रहेको पृथ्विचोकमा दर्ता तथा नविकरण कार्यलय र ड्याम साइडस्थित रहेको लाइसेन्स वितरण शाखा परिसरबाट बेचौलियाहरु पक्राउ परेका हुन्। दुवै यातायात कार्यलयको परिसरमा बसेर सेवाग्राही सँग सेवाको नाममा मनलाग्दो रकम असुलेको र संकास्पद गतिविधी गरेको आरोपमा प्रहरीले पृथ्विचोकको कार्यलयबाट १९ जना र…

    विस्तृतमा पढ्नुस्

  • फेवाताल किनारामा चल्यो डोजर, अतिक्रमण हटाउन मेयर जिसीले चाले यस्तो कदम

    फेवाताल किनारामा चल्यो डोजर, अतिक्रमण हटाउन मेयर जिसीले चाले यस्तो कदम

    पोखरा: पोखराको पर्यटकीय केन्द्र फेवाताल किनारमा मापदण्ड मिचेर निर्माण गरिएको संरचना पोखरा लेखनाथ महानगरपालिकले बिहिबार भत्काएको छ। संक्रमणकालीन अवस्थाको फाइदा उठाउदै निर्माण गरिएका र रातारात फेवाताल किनारमा ब्यक्तिगत प्रयोजनका लागि निर्माण गरिएका अवैध संरचना भत्काइएको हो। फेवाताल किनारमा पर्ने खपौंदी, गैराको चौतारालगायतका स्थानको ताल किनारमा केही व्यवसायीले घरटहरा निर्माण गरिरहेका बेला महानगरपालिकाले पटकपटक निर्माण सामाग्रीहरु जफत गर्दा पनि निर्माण कार्य…

    विस्तृतमा पढ्नुस्

  • सराङकोटस्थित माउन्टेन रिसोर्टको मजदुर हत्या आरोपमा शंकास्पद व्यक्ति पक्राउ

    सराङकोटस्थित माउन्टेन रिसोर्टको मजदुर हत्या आरोपमा शंकास्पद व्यक्ति पक्राउ

    पोखराः सराङकोटस्थित निर्माणाधीन माउन्टेन रिसोर्ट एन्ड स्पा होटलका मजदुरहरुको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले केही शंकास्पद व्यक्ति पक्राउ गरेका छन्।  जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार हत्यामा संलग्न पक्राउ परेपनि कति जना पक्राउ परे भने खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्गबहादुर खत्रीले भने, ‘हत्यामा संग्लग्न पक्राउ परेका छन्। अनुसन्धान जारी छ। भोलिसम्म पक्राउ व्यक्ति र घटनाबारे सार्वजनिक गरिनेछ।’ हत्या गरिएका…

    विस्तृतमा पढ्नुस्

  • पूर्व खेलाडी एवं प्रशिक्षक कृष्ण थापाद्धारा एन्फाको अध्यक्षमा उम्मेदवारी घोषणा, यस्तो छ एजेन्डा

    पूर्व खेलाडी एवं प्रशिक्षक कृष्ण थापाद्धारा एन्फाको अध्यक्षमा उम्मेदवारी घोषणा, यस्तो छ एजेन्डा

    पोखरा : पोखराका कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन। बुधबार पोखरामा आयोजित पत्रकारहरु सम्मेलनमा आफ्नो उम्मेदवारी घोषणा गर्दै पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक थापाले फुटबल खेलको विकास र विस्तार गर्दै फुटबल खेलमा देखिएको विकृति हटाउन आफूले उम्मेदवारी दिने निर्णय गरेको बताए। उनी एन्फाका पुर्व प्राविधिक निर्देशक, राष्ट्रिय टिमका पुर्व प्रमुख प्रशिक्षक र…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको सराङकोटमा दुई जनाको शंकास्पद मृत्यु, अनुसन्धानका लागि ११ जना पक्राउ

    कास्कीको सराङकोटमा दुई जनाको शंकास्पद मृत्यु, अनुसन्धानका लागि ११ जना पक्राउ

    पोखराः पर्यटकीय स्थल सराङकोटमा निर्माणधीन एक होटलमा दुई युवा मृत अवस्थामा फेला परेका छन्। निर्माणधीन भवनमा अर्का एक युवा गम्भीर घाइते अवस्थामा फेला परेका छन्। मृतक दुवै जना ‘माउन्टेन रिसोर्ट एण्ड स्पा’ निर्माणमा खटिएका मजदुर भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानको लागि प्रहरीले ११ जनालाई गिरफ्तार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। आइतबार अबेरसम्म मजदुर काममा नआएपछि उनीहरुको खोजी…

    विस्तृतमा पढ्नुस्

  • शशांक कोइरालाले भने–वाम गठबन्धन फुटाउनु नै कांग्रेसको मुख्य रणनीति हुनेछ

    शशांक कोइरालाले भने–वाम गठबन्धन फुटाउनु नै कांग्रेसको मुख्य रणनीति हुनेछ

    पोखरा :  नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस सफल हुनका लागि वाम गठबन्धन फुटाउनुपर्ने बताएका छन्।  मेलमिलाप दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले गठबन्धनलाई फुटाउनु नै कांग्रेसको मुख्य रणनीति हुने बताए। कोइरालाले भने, ‘वाम गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाउन साथीहरुले मलाई कुराकानी गर्नुस् भनेका छन्।’  महामन्त्री कोइरालाले पार्टीका साथीहरुको भावना अनुसार नै आफूले प्रचण्डलाई राजधानीमा भेट्ने जानकारी दिए।कोइरालाले पार्टी प्रतिनिधिसभा…

    विस्तृतमा पढ्नुस्

  • एपीएफको दुवै टोली फाइनलमा, पुरुषमा आर्मी तथा महिलामा मध्यमाञ्चलसँग भिड्ने

    एपीएफको दुवै टोली फाइनलमा, पुरुषमा आर्मी तथा महिलामा मध्यमाञ्चलसँग भिड्ने

    पोखरा : नेपाल एपीएफको महिला र पुरुष दुवै टोली पोखरामा जारी राष्ट्रिय भलिबलबको फाइनलमा प्रवेश गरेका छन्। राखेप च्याम्पियनसीप अन्तर्गत ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपीएफले नेपाल आर्मीसँग खेल्नेछ। यस्तै २१औं महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपीएफले मध्यमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ। पुरुषतर्फ विभागीय डर्बी भिडन्तमा नेपाल आर्मीले नेपाल पुलिसलाई र अर्को विभागीय टिम एपीएफले आयोजक पश्चिमाञ्चललाई हराउँदै उपाधि भिडन्त पक्का…

    विस्तृतमा पढ्नुस्

  • माछापुच्छे बैंक पोखरा ओपन भेट्रान टेनिसको उपाधी भण्डारीलाई

    माछापुच्छे बैंक पोखरा ओपन भेट्रान टेनिसको उपाधी भण्डारीलाई

    पोखरा : १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकल उपाधी कमल भण्डारीले जितेका छन्। शुक्रबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा उमेर समुहमा नेपालकै शिर्ष वरियताका भण्डारीले दोश्रो वरियताका श्रीराम मगरलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधी जितका हुन्। जितसंगै भण्डारीले नगद ५० हजार रुपैयाँका हात पारे। दोश्रो स्थानमा चित्त बुझाएका श्रीरामले नगद…

    विस्तृतमा पढ्नुस्

  • पुस १९ देखि पोखरामा राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने

    पुस १९ देखि पोखरामा राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने

    पोखरा :  कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पुस १९ देखि २२ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने भएको छ।  पोखरा रंगशालामा संचालन हुने १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले जानकारी दिए। प्रतियोगितामा दुई विभागीय र पाँच विकास क्षेत्रका पाँच गरी महिला तथा पुरुषतर्फ…

    विस्तृतमा पढ्नुस्

  • क्रिसमस र नयाँवर्षको आगमनसँगै पोखराको पर्यटकीय क्षेत्र लेकसाइड झकिझकाउ

    क्रिसमस र नयाँवर्षको आगमनसँगै पोखराको पर्यटकीय क्षेत्र लेकसाइड झकिझकाउ

    कास्की :  पर्यटकीय नगरी पोखरामा क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकको चहलपहल बढेकाे छ। क्रिसमस र नयाँ वर्ष पश्चिमा मुलुकहरुले मनाउँदै आएको भएपनि पछिल्लो समय नयाँ पुस्ताका युवायुवतीहरुले नेपालमा समेत धुमधाम मनाउन थालेका छन्। नयाँवर्ष र क्रिसमसको समयमा नेपाल भ्रमणमा रहेकाा पर्यटकहरु बसाइ लम्ब्याएर रमझममा रम्ने गरेका छन् भने देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकको पोखरामा भित्रिने क्रम सुरु भएको छ।  लेकसाईडका…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा सुन्तला उत्पादनमा कमी, बगैँचा सुदृढीकरण कार्यक्रम असफल

    कास्कीमा सुन्तला उत्पादनमा कमी, बगैँचा सुदृढीकरण कार्यक्रम असफल

    पोखरा : कास्कीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ। गतवर्षको तुलनामा यसवर्ष सुन्तला उत्पाादनमा ५ प्रतिशतले कमी आएको हो। कास्कीमा गतवर्ष ६ हजार २ सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो भने यसवर्ष ६ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको छ।  विगतका वर्षमा जिल्लामा कृषि विकास कार्यालय कास्कीले सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेपनि सुन्तला उत्पादन घटेको छ।  उद्देश्य अनुरुपको उत्पादन गर्न…

    विस्तृतमा पढ्नुस्

  • सस्तो सामानको आसमा पोखरेली ठगिए, करोडौं ठगेर भारतीय व्यापारी फरार

    सस्तो सामानको आसमा पोखरेली ठगिए, करोडौं ठगेर भारतीय व्यापारी फरार

    पोखरा : पोखरामा सस्तो सामान बेच्ने एक व्यापारी करोडौं ठगेर भागेका छन्। सस्तो सामान बेच्ने आश्वासन दिएर पोखरेलीसँग अग्रिम रकम असुलेका भारतीय व्यापारी भागेका हुन्।  पोखराको सृजनाचोकस्थित अक्सिजन ट्रेडर्स नामको पसल सञ्चालन गरेका भारतीय नागरिक राजेन्द्र थेङवेलले सयौं स्थानीयसँग रकम संकलन गरी सम्पर्कविहीन भएपछि उपभोक्ता ठगिएका हुन्।  अक्सिजन ट्रेडर्सको नामबाट थेङवेले केहि समय अघि जनतासँग विश्वास जित्न ईलेक्टिक, फर्निचरलगायतका सामानहरु बजार मुल्य…

    विस्तृतमा पढ्नुस्

  • बिहीवारदेखि पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव

    बिहीवारदेखि पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव

    पोखरा: बिहीवारबाट 'पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्रम महोत्सव' (पिम्फ) सुरु हुने भएको छ। पोखरा फिल्म सोसाइटीको आयोजनामा हुने तीन दिने महोत्सवको यो तेस्रो संस्करण हो। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ४३ फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ। प्रर्दशनीमा नेपाल लगायत विभिन्न २० देशले सहभागिता जनाउँदैछन्। महोत्सवको उद्घाटन सुदुरपश्चिमको कथा समेटेको फिल्म ‘कथा जालगेडी’ छोटो फिल्म प्रदर्शनबाट हुनेछ। महोत्सवमा नेपाली फिल्म तुइनको नेपाल…

    विस्तृतमा पढ्नुस्

  • पोखराको हिमागृहलाई मुख्यमन्त्री आवास सिफारिश गरेकोमा विरोध

    पोखराको हिमागृहलाई मुख्यमन्त्री आवास सिफारिश गरेकोमा विरोध

    कास्की :  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रदेश नम्वर ४ को राजधानी पोखरामा मुख्यमन्त्रीसहित प्रदेशका पदाधिकारीका लागि पूर्वाधारको खोजी सुरु भएको छ।    मुख्यमन्त्री र प्रदेशसभाका लागि कार्यालय, सभाकक्ष, निवास र मन्त्रालयको पहिचान गरी सिफारिश गर्न क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो।  कार्यदलले मुख्यमन्त्रीको आवासका लागि पूर्वराजपरिवारका सदस्यले प्रयोग गर्दै आएको हिमागृहलाई सिफारिश गरेपछि पर्यटन व्यवसायी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ को मुख्यमन्त्रीमा दुई पूर्वमन्त्री र माओवादीका कमाण्डरको दावी

    प्रदेश ४ को मुख्यमन्त्रीमा दुई पूर्वमन्त्री र माओवादीका कमाण्डरको दावी

    पोखरा : प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै प्रदेश नम्बर ४ को मुख्य मन्त्रीका लागि जोडघटाउ सुरु भएको छ।  प्रतिनिधि सभा र प्रदेश सभामा बहुमत ल्याएको वाम गठबन्धनभित्र मुख्यमन्त्री दावेदारका आकांक्षीहरु देखिन थालेका छन्। एमालेका तर्फबाट पूर्वमन्त्री पृथ्वी सुब्वा गुरुङ र तनहुँका किरण गुरुङले चुनाव अघिदेखि नै मुख्यमन्त्रीको दावी गदै आएका छन्।  त्यसैगरी गठबन्धनकै अर्को सहयात्री दल माओवादीका…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जा क्षेत्र नम्वर १ को ख मा वाम गठबन्धनको जित

    स्याङ्जा क्षेत्र नम्वर १ को ख मा वाम गठबन्धनको जित

    पोखरा : प्रदेश नम्वर ४ अन्तर्गत स्याङ्जाको क्षेत्र नम्वर १ को दुवै प्रदेश सभाको मतगणना नतिजा सार्वजनिक भएको छ। प्रदेश क र ख दुवैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्वर १ को प्रदेश ख मा एमालेका जिल्ला अध्यक्षसमेत रहेका मिन प्रसाद गुरुङ विजयी भएङ्का छन्। गुरुङले कांग्रेसका तुलसी गिरीलाई पराजित गरेका हुन्। गुरुङले २० हजार २ सय ४८…

    विस्तृतमा पढ्नुस्

  • स्याङजा क्षेत्र नम्वर १ मा एमालेका नारायण मरासिनी विजयी

    स्याङजा क्षेत्र नम्वर १ मा एमालेका नारायण मरासिनी विजयी

    पोखरा : ढिलो गणना सुरु भएको स्याङ्जाको प्रतिनिधि सभा क्षेत्र नम्वर १ को मतपरिणाम गणना सार्वजनिक भएको छ। वाम गठबन्धनबाट चुनाव लडेका नेकपा एमालेका नारायण मरासिनी क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। उनले कांग्रेसका राजु थापालाई १० हजार ७०२ मत अन्तरले पराजित गरेका हुन्। मरासिनी ३९ हजार ४३३ मत प्राप्त गरी वियजी हुँदा उनका निकटतम प्रतिस्पर्धी…

    विस्तृतमा पढ्नुस्

  • चार दिन पछि मतगणना सुरु भएको स्याङ्जामा वाम गठबन्धनको अग्रता

    चार दिन पछि मतगणना सुरु भएको स्याङ्जामा वाम गठबन्धनको अग्रता

    पोखरा : प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत क्षेत्र नम्वर २ का ५ वटा बुथहरुमा कांग्रेसले एकलौटी गरेको आरोपमा तानबग्रस्त बनेको स्याङजामा चार दिनपछी सुरुभएको मतगनामा  वाम गठबन्धनले अग्रता लिएको छ। वाम गठबन्धको तर्फबाट क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्यका उमेदवार नारायण मरासीनीले ८ हजार ९ सय ९७ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार राजु थापाले ६ हजार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell