PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बिहीवारदेखि पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव



नरहरि पौड्याल

बिहीवारदेखि पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव

पोखरा: बिहीवारबाट 'पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्रम महोत्सव' (पिम्फ) सुरु हुने भएको छ। पोखरा फिल्म सोसाइटीको आयोजनामा हुने तीन दिने महोत्सवको यो तेस्रो संस्करण हो।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ४३ फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ। प्रर्दशनीमा नेपाल लगायत विभिन्न २० देशले सहभागिता जनाउँदैछन्। महोत्सवको उद्घाटन सुदुरपश्चिमको कथा समेटेको फिल्म ‘कथा जालगेडी’ छोटो फिल्म प्रदर्शनबाट हुनेछ। महोत्सवमा नेपाली फिल्म तुइनको नेपाल प्रिमियर पनि  हुने भएको छ। 

महोत्सव संयोजक सरोज सापकोटाका अनुसार पहिलो दिनमा १० फिल्म, दोश्रो दिन २० र तेस्रो दिनमा १३ वटा फिल्म प्रर्दशन हुनेछ। बिहान १० बजेदेखि सुरु हुने महोत्सव हरेक साँझ ६:०० सकिनेछ। पिम्फले महोत्सवमा लेकसाइडको बाराही चोक, रामबजारको राममन्दिर चोकमा खुला प्रदर्शनको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ।

दोश्रो दिन नेपाली फिल्ममा जनजातिको चित्रण विषयमाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने बताइयो। अन्तर्क्रियामा राजेश गोंगजु, माओत्से गुरुङ, नविन सुब्बा र अनुप सुवेदीको सहभागिता रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell