PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

चार दिन पछि मतगणना सुरु भएको स्याङ्जामा वाम गठबन्धनको अग्रता



नरहरि पौड्याल

चार दिन पछि मतगणना सुरु भएको स्याङ्जामा वाम गठबन्धनको अग्रता

पोखरा : प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत क्षेत्र नम्वर २ का ५ वटा बुथहरुमा कांग्रेसले एकलौटी गरेको आरोपमा तानबग्रस्त बनेको स्याङजामा चार दिनपछी सुरुभएको मतगनामा  वाम गठबन्धनले अग्रता लिएको छ।

वाम गठबन्धको तर्फबाट क्षेत्र नम्वर १ को प्रतिनिधि सभा सदस्यका उमेदवार नारायण मरासीनीले ८ हजार ९ सय ९७ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार राजु थापाले ६ हजार ४ सय  ६६ मत पाएका छन्।

क्षेत्र नम्वर २ बाट वाम गठबन्धनका पध्मा अर्यालले ८ हजार ६ सय ७९ मत प्राप्त गरेकी छन् भन् कांग्रेसका नेता तथा उपप्रधानमन्त्री रहेका गोपालमान श्रेष्ठले ७ हजार ४ सय ९० मत प्राप्त गरेका छन्।

त्यसैगरी क्षेत्र नम्वर १ प्रदेश सभा क मा गठबन्धनकातर्फका माओवादीका दिपक थापाले १० हजार ३७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका कमल पंगेनीले ७ हजार ७९ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्वर १ को प्रदेश सभा ख बाट गठबन्धनका मीन प्रसाद गुरुङले ८ हजार ५ सय ०४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका तुलसी गिरीले ५ हजार ८ सय ६८ मत पाएका छन्।

त्यसैगरी प्रतिनिधि सभा २ को प्रदेश सभा क मा गठबन्धनको तर्फबाट एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार १ सय ७८ मत प्राप्त गरेका छन् भने कांग्रेसका बिष्णु पौडेलले ५ हजार २ सय २९ मत ल्याएका छन्।

प्रदेश सभा ख मा गठबन्धनका तर्फबाट माओवादीका पारस गैरेले ६ हजार ३ सय २९ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी कांग्रेसका भागवत प्रकाश मल्लले पनि ५ हजार ५ सय ९९ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell