PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

पोखराको यातायत कार्यालयबाट २९ जना बिचौलिया पक्राउ



नरहरि पौड्याल

पोखराको यातायत कार्यालयबाट २९ जना बिचौलिया पक्राउ

पोखरा : पोखरामा रहेको यातायात व्यवस्था कार्यलय गण्डकीबाट २९ जना बिचौलियाहरु पक्राउ परेका छन्। यातायात व्यवस्था कार्यलय गण्डकी अन्तर्गत रहेको पृथ्विचोकमा दर्ता तथा नविकरण कार्यलय र ड्याम साइडस्थित रहेको लाइसेन्स वितरण शाखा परिसरबाट बेचौलियाहरु पक्राउ परेका हुन्।

दुवै यातायात कार्यलयको परिसरमा बसेर सेवाग्राही सँग सेवाको नाममा मनलाग्दो रकम असुलेको र संकास्पद गतिविधी गरेको आरोपमा प्रहरीले पृथ्विचोकको कार्यलयबाट १९ जना र बैदामस्थित रहेको कार्यलय परिसरबाट १० गरी २९ जनालाई पक्राउ गरेको हो।

यातायात कार्यलयमा कामका लागि आउने सर्वसाधारण सेवाग्राहीहरुलाई विभिन्न प्रलोभन देखाएर रकम असुल्ने गरेको गुनासो आएपछि प्रहरीले बिचौलियाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमूख अशोक सिंहले बताए। ‘सेवाको नाउँमा सेवाग्रीहीलाई अलमलमा पारेर आर्थिक फाइदा लिएको जनगुनासो आएपछि हामीले १० दिन देखि निगरानी गर्दै आएका थियौं,’ एसपी सिंहले भने, ‘आइतबार हामीले उनीहरुलाई पक्राउ गरेर सार्वजनिक अपराध गन्तरगत मुद्धा अगाडि बढाएका छौं।’

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि सार्वजनिक अपराध तथा सजाय ऐन बमोजिम जिल्ला प्रशासन कार्यलय कास्कीबाट म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यलयमा राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell