PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

एपीएफको दुवै टोली फाइनलमा, पुरुषमा आर्मी तथा महिलामा मध्यमाञ्चलसँग भिड्ने



नरहरि पौड्याल

एपीएफको दुवै टोली फाइनलमा, पुरुषमा आर्मी तथा महिलामा मध्यमाञ्चलसँग भिड्ने

पोखरा : नेपाल एपीएफको महिला र पुरुष दुवै टोली पोखरामा जारी राष्ट्रिय भलिबलबको फाइनलमा प्रवेश गरेका छन्। राखेप च्याम्पियनसीप अन्तर्गत ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपीएफले नेपाल आर्मीसँग खेल्नेछ। यस्तै २१औं महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपीएफले मध्यमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ।

पुरुषतर्फ विभागीय डर्बी भिडन्तमा नेपाल आर्मीले नेपाल पुलिसलाई र अर्को विभागीय टिम एपीएफले आयोजक पश्चिमाञ्चललाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन्।

प्रतिस्पर्धात्मक खेलमा आर्मीले पुलिसलाई ३–२ को सेटमा हराएको हो। आर्मीले २५–२३, १९–२५, २५–२३, १९–२५, १६—१४ को सेटमा खेल जित्यो।

अर्को सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पश्चिमाञ्चललाई ३-० को सोझो सेटमा हराउँदै आर्मीसँगको भेट पक्का गरेको हो। एपीएफले २५–१६, २५–२१, २५–२३ को सेटमा विजयी भएको हो।

यसैगरी सेमिफाइनलमा पराजित आयोजक पश्चिमाञ्चल र नेपाल पुलिस क्लब तेस्रो स्थानका लागि भिड्ने छन्।

त्यसैगरि २१औं महिला राष्ट्रिय भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ। एपीएफले मध्यमाञ्चलसँग उपाधिका लागि खेल्नेछ। शुक्रबार बिहान भएको खेलमा पश्चिमाञ्चललाई सोझो सेटमा हराउँदै एपीएफ फाइनलमा प्रबेश गरेको हो। एपीएफले पश्चिमाञ्चललाई २५–१८, २५–२२, २५–२२ को सेटमा जित हातपारेको हो।

शुक्रबारै भएको अर्को सेमिफाइलनमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मध्यमाञ्चलले एपीएफसैगको भेट पक्का गरेको हो। न्यूडामण्डको टिममा रहेको खेलाडीको सेट लिए मैदान उत्रेको मध्यमाञ्चलले पहिलो सेट हारेपनि कमब्याक गर्दै त्यसपछि लगातार ३ सेट जित्दै नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो। पुलिसले पहिलो सेट २२-२५ ले जित्दै १-० को अग्रता बनाएको थियो। तर त्यसपछिका सेट मध्यमाञ्चलले २५–२०, २७–२५, २५–१३ आफ्नो पक्षमा पार्‍यो।

महिलातर्फ तेस्रो स्थानका लागि शनिबार पश्चिमाञ्चल र नेपाल पुलिस क्लबबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell