PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

पुस १९ देखि पोखरामा राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने



नरहरि पौड्याल

पुस १९ देखि पोखरामा राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने

पोखरा :  कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पुस १९ देखि २२ गतेसम्म पोखरामा राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप राष्ट्रिय ह्याण्डवल प्रतियोगिता हुने भएको छ। 

पोखरा रंगशालामा संचालन हुने १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले जानकारी दिए।

प्रतियोगितामा दुई विभागीय र पाँच विकास क्षेत्रका पाँच गरी महिला तथा पुरुषतर्फ ७/७ टिमको सहभागिता रहने आयोजकले जनाएको छ।

हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मुख्य प्रायोजनमा संचालन हुने प्रतियोगितामा सशस्त्र प्रहरी वलको एपिएफ र नेपाली सेनाको दुई विभागीयसहित पाँच विकास क्षेत्रका एक÷एक गरी महिला तथा पुरुष तर्फ ७/७ टिम हुने भएको छ।

प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०/३० हजार, उपविजेतालाई २०/२० हजार र तेश्रो हुनेलाई १०/१० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ। संघ कास्कीका अध्यक्ष क्याप्टेन जग बादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो। 

महिला सशक्तिकरणका लागि ईन्स्टिच्यूटले मुख्य प्रायोजन गरेको हो। महिला शशक्तिकरण ह्याण्डबल खेलबाट पनि गर्न सकिने अध्यक्ष गुरुङले बताए।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरु छनोट गरी सन् २०१९ मा नेपालमा आयोजना हुने १३ औं साग खेलका लागि खेलाडी छनोटसमेत गरिने हुँदा यो प्रतियोगिता नेपाली ह्याण्डबल खेलका लागि महत्वपुर्ण रहेको संघका सचिव केशव पाठकले बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell