PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

शशांक कोइरालाले भने–वाम गठबन्धन फुटाउनु नै कांग्रेसको मुख्य रणनीति हुनेछ



नरहरि पौड्याल

शशांक कोइरालाले भने–वाम गठबन्धन फुटाउनु नै कांग्रेसको मुख्य रणनीति हुनेछ

पोखरा :  नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस सफल हुनका लागि वाम गठबन्धन फुटाउनुपर्ने बताएका छन्। 

मेलमिलाप दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले गठबन्धनलाई फुटाउनु नै कांग्रेसको मुख्य रणनीति हुने बताए।

कोइरालाले भने, ‘वाम गठबन्धनबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुटाउन साथीहरुले मलाई कुराकानी गर्नुस् भनेका छन्।’ 

महामन्त्री कोइरालाले पार्टीका साथीहरुको भावना अनुसार नै आफूले प्रचण्डलाई राजधानीमा भेट्ने जानकारी दिए।कोइरालाले पार्टी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीको हारको अब एकहप्ता भित्रै केन्द्रीय समितिमा समीक्षा हुने बताए। 

अत्यन्त संवेदनशीलताकासाथ समीक्षा गर्नुपर्ने बेला भएको उनको भनाइ थियो। पार्टी पराजित हुनुमा धेरै हदसम्म सभापतिको हात हुने भएपनि जिम्मेवारी सबैको हुने उनले बताए।

‘कांग्रेस कसैसँग डराउनु पर्दैन, कांग्रेससँग इतिहास, सिद्धान्त र कार्यकर्ता छन्’उनले भने। उनले गणितीय हिसावले हेर्दा पार्टीले हारे जस्तो देखिए पनि आफूले हार स्वीकार नगरेको बताए। कांग्रेस नै बलियो रहेको भन्दै उनले समानुपातिकतर्फको मतपरिणाम आशालाग्दोे भएको जिकिर गरे।

महामन्त्री कोइरालाले कांग्रेसले व्यहोरेको पराजयको विषयलाई लिएर आरोप प्रत्यारोप गर्न नहुने बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell