PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

माछापुच्छे बैंक पोखरा ओपन भेट्रान टेनिसको उपाधी भण्डारीलाई



नरहरि पौड्याल

माछापुच्छे बैंक पोखरा ओपन भेट्रान टेनिसको उपाधी भण्डारीलाई

पोखरा : १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकल उपाधी कमल भण्डारीले जितेका छन्। शुक्रबार पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा उमेर समुहमा नेपालकै शिर्ष वरियताका भण्डारीले दोश्रो वरियताका श्रीराम मगरलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधी जितका हुन्।

जितसंगै भण्डारीले नगद ५० हजार रुपैयाँका हात पारे। दोश्रो स्थानमा चित्त बुझाएका श्रीरामले नगद २० हजार पाए। भण्डारीको उपाधि जितेको यो दोस्रो पटक हो। यसअघि २०७३ सालको उपाधी पनि भण्डारीलेनै जितका थिए। २०७२ मा भने श्रीरामले भण्डारीलाई पराजित गर्दै उपाधी चुमेका थिए।

प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथिको एकल उपाधी पोखराका धरमबहादुर लामिछानेले हात पारेका छन्। प्रतिस्पर्धात्मक खेलमा मण्डिखाटार टिमका विकाश गुरुङलाई ६–३, १–६ र सुपरटाईमा १०–५ को जित निकाल्दै लामिछानेले सो उपाधी रक्षा गरेका हुन्। लामिछानेले नगद २० तथा उपविजेता गुरुङले नगद १० हजार हात पारे।

त्यसैगरि ५५ वर्ष माथिको उपाधी पनि पोखराकै अनिल तुलाचनले हात पारेका छन्। अनिलले फाइनलमा पृथ्वी थकालीलाई ६–१ र ६–० को सहज सेटमा हराए। तुलाचनले नगद २० हजार तथा उपविजेता थकालीले नगद १० हजार हात पारे।

प्रतियोगिता अन्तर्गत अन्य उमेर समुहका एकल तथा डबल्स खेलहरु यसअघिनै सम्पन्न भएको थियो। विजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैकका प्रोमोटर किरण केसीले पुरस्कृत गरे। पाँचदिने प्रतियोगितामा देशभरबाट १ सय २५ खेलाडीहरुको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell