PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

पोखराका ट्याक्सी मिटरमै चलाउन सहमति



नरहरि पौड्याल

पोखराका ट्याक्सी मिटरमै चलाउन सहमति

पोखरा : आफुखुसी मनलाग्दो भाडा असुलेर कारवाहीमा परेपछि आन्दोलित भएका पोखराका ट्याक्सीहरु मिटरमै यात्रीलाई सेवा दिन सहमत भएका छन्। जिल्ला प्रशासन कास्कीमा शुक्रबार भएको छलफलमा व्यवसायीहरु मिटर प्रणालीमा जान सहमत भएका हुन्।

पोखरामा सञ्चालित २ हजार २ सय ट्याक्सीहरुले १५ बर्षदेखि मनलाग्दी भाडा लिने गरेका थिए। अब भने सुरुमा १४ रुपैयाँबाट मिटरमा भाडा उठ्दै जाने छ। भाडादर प्रतिकिलोमिटर ५० रुपैयाँ मात्र पर्नेछ।

गत सोमवार मिटरमा नचलाएर मनपरि भाडा असुलेको बताउँदै प्रहरीले १६ जना ट्याक्सी चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रिएका थिए। बिहिवार ट्याक्सी ब्यवसायीको समर्थनम गण्डकी र धौलागिरिमा आफ्ना सेवा सञ्चालन गर्दै आएका सवै ब्यवसायी समितिले भाडाका सवै सवारी ठप्प पारेको थिए। शुक्रवार अन्य ब्यवसायीले सेवा सुचारु गरेपनि ट्याक्सी ब्यवसायीले ट्याक्सी चलाएका थिएनन।

दुई दिन सम्म आफ्ना सवारी साधन नचलाई प्रशासन संग बार्ता गर्दा पनि प्रशासन टसमस नभएपछि व्यावसायीहरु बाध्य भएर मिटर प्रणालीमा जान सहमत भएका हुन् । प्रशासनले विस्तारै भाडा समायोजन गर्दै जाने आश्वासन व्यावसायीलाई दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell