PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

क्रिसमस र नयाँवर्षको आगमनसँगै पोखराको पर्यटकीय क्षेत्र लेकसाइड झकिझकाउ



नरहरि पौड्याल

क्रिसमस र नयाँवर्षको आगमनसँगै पोखराको पर्यटकीय क्षेत्र लेकसाइड झकिझकाउ

कास्की :  पर्यटकीय नगरी पोखरामा क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकको चहलपहल बढेकाे छ। क्रिसमस र नयाँ वर्ष पश्चिमा मुलुकहरुले मनाउँदै आएको भएपनि पछिल्लो समय नयाँ पुस्ताका युवायुवतीहरुले नेपालमा समेत धुमधाम मनाउन थालेका छन्।

नयाँवर्ष र क्रिसमसको समयमा नेपाल भ्रमणमा रहेकाा पर्यटकहरु बसाइ लम्ब्याएर रमझममा रम्ने गरेका छन् भने देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकको पोखरामा भित्रिने क्रम सुरु भएको छ। 

लेकसाईडका पर्यटनसँग सम्बद्ध होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले क्रिसमस र नयाँवर्षको आगमनसँगै आफ्नो व्यवसायिक प्रतिष्ठानलाई दुलही झैं सिंगारेर आकर्षक बनाएका छन। 

झन्डै २ दशकदेखि अंग्रेजी नयाँ बर्षमा सडक महोत्सव आयोजना गरिदै आएको छ। यसवर्ष पनि रेष्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले डिसेम्बर २८ देखि जनवरी १ सम्म लेकसाइडको ३ किलोमिटर क्षेत्रमा ‘सडकमै खाउँ, सडक मै नाचौं, सडकमै रमाउँ’ भन्ने नारा दिएर महोत्सव आयोजना गर्दैछन्। 

प्रत्येक होटल र रेष्टुरेण्टले पनि स्थानीय एवं राष्ट्रिय कलाकार बोलाएर महोत्सवलाई विशेष बनाउने तयारी थालेका छन्। क्रिसमस र नयाँवर्षको अवसरमा होटलहरु धमाधम बुकिङ भइरहेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरत पराजुलीले जानकारी दिए।

‘नयाँ बर्ष र क्रिसमसमा बढी भिडभाड हुने भएकोले आन्तरिक तथा बाह्य पर्यटकले अग्रिम होटल बुकिङ गरेका छन्’ उनले भने।

पोखरामा पर्यटक लक्षित ५ सय भन्दा बढी होटल छन्। साना तथा ठूला पर्यटकीय स्तरका होटलहरुमा २२ हजार भन्दा बढी कोठा रहेका छन्। पोखरामा सञ्चालिन अन्य होटलको सहित २५ हजार भन्दा बढी वेड रहेका छन्।  

विगतका वर्षहरुमा व्यवसायीले मौकाको फाइदा उठाउँदै होटलमा बस्ने पाहुनासँग सामान्य कोठाको ७÷८ हजार रुपैयाँसम्म लिएको गुनासो आएपछि यस पटक पर्यटन व्यवसायीले छुट्टै अनुगमन समिति बनाएर ठाउँ ठाउँमा पर्यटकको गुनासो सुन्ने व्यवस्था मिलाएका छन्।

त्यस्तै पर्यटकसँग बढी रकम असुल्ने व्यवसायीलाई कारबाहीका लागि स्थानीय प्रशासनलाई सिफारिश गर्ने रेवान पोखराका कोषाध्यक्ष योगेश भट्टराईले बताए।‘व्यवसायी आचरणबिरुद्ध गएर मौकाको फाईदा लिन खोज्नेलाई सशक्त कारवाहीको सिफारिश गछौ’उनले भने। ‘मौकामा फाईदालिनु व्यवसायिक  आचरण भित्र पर्दैन,त्यो ठगी हो।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell